नेपालगन्ज ५ जेठ : कोभिड संक्रमितको उपचारमा प्रयोग हुदैँ आएको रेम्डिसिभिर औषधि अब नेपालमै उत्पादन गरिने भएको छ ।
नेपालमै यो औषधि उत्पादन हुने भएपछि कोभिड संक्रमितको उपचारमा सहज हुने विश्वास गरिएकोछ ।
नेपाल औषधि उत्पादक संघले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ ।
रेम्डिसिभिर उत्पादनको लागि संघ अन्तिम प्रक्रियामा पुगेकोछ । नेपालमा यसको परीक्षण पास भइसकेको छ, छिट्टै उत्पादनको काम शुरु गरिदैँछ ।
यसअघि भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर आफ्नै देशमा संक्रमण उच्च भएपछि भारतले निर्यात बन्द गरेको थियो ।
वैशाख दोस्रो सातायता औषधि व्यवस्था विभागले बंगलादेशबाट रेम्डिसिभिर आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ ।
अस्पतालमा भर्ना भएका संक्रमितका लागि भने चिकित्सकको सिफारिसमा आयातकर्ता कम्पनी आयान हेल्थकेयर कुपण्डोलबाट रेम्डिसिभिर बिक्री गर्ने व्यवस्था मिलाइएको छ । यद्यपी नेपालमै उत्पादन हुने रेम्डिसिभिर औषधीको मूल्य कति हुने भन्ने अझैं खुलाइएको छैन ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?