कोभिड नियन्त्रणका लागि बाँकेमा सबैपक्षसंग सहकार्य गर्न तयार छौं : संघ


कोभिड नियन्त्रणका लागि बाँकेमा सबैपक्षसंग सहकार्य गर्न तयार छौं : संघ

नेपालगन्ज ६ जेठ : नेपालगन्ज उद्योग वाणिज्य संघको बैठक बुधवार जूम मार्फत बस्यो । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षमा बसेको जूम बैठकले कोभिड–१९ नियन्त्रणका लागि संघले खेलेको भूमिकाको समिक्षा गर्दै आगामी दिनमा समेत कोभिड –१९ नियन्त्रण र त्यसले उत्पन्न गरेको समस्या समाधानका लागि सरोकारवाला निकायसंग निरन्तर संवाद र सहकार्य गर्ने निष्कर्ष निकालेको छ ।

संघले कोभिड –१९ को दोस्रो लहरका कारण धेरै जना उद्योगी, व्यवसायी, र उनका आफन्तजनले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै कोरोनाका कारण निधन भएका उद्योगी, व्यवसायी, निवर्तमान कार्यसमिति, पूर्व कार्यसमितिका पदाधिकारी एवं कार्यसमिति सदस्यका आफन्तजन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । शोकको घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरिएको छ ।

साथै कोरोना संक्रमण भई उपचार गराइरहनुभएका उद्योगी, व्यवसायी एबम बाँके बासीहरूमा शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

कोभिड नियन्त्रण र त्यसले उत्पन्न गरेका समस्या समाधानका लागि एबम प्रकारले कोभीड़ बिरामीहरुको स्वास्थ्य सेवा तथा परामर्श गर्न सरोकारवाला निकायसंग निरन्तर संवाद र छलफल गर्दै समस्या समाधानका लागि नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गर्नका निम्ति बैठकले म्याण्टेड प्रदान गरेको महासचिव चिरञ्जीवी ओलीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

Kanti Aarogya Hospital Nepalgunj

लकडाउनलाई कोभिड नियन्त्रणका लागि एउटा मात्र बिकल्प मानेझैं भएको छ । सबैको पहुँच खोप लगाउने जस्ता अत्यावश्यक विषयलाई प्रभावकारी ढंगले अगाडी बढाउन सकिएको छैन ।

लामो समयसम्म लकडाउन गरिरहँदा त्यसले कोभिड नियन्त्रणका लागि फाईदा गर्यो वा गरेन ? त्यसको समिक्षा गर्दै आवश्यक निर्णय लिन संघले सम्बन्धित पक्षको ध्यानार्कषण गराउँदै उद्योगी, व्यवसायी लगायत सबैलाई जिम्मेवार रहन अनुरोध गरिएको महासचिव ओलीले बताए ।

संघले कोभिड बिरुद्ध आमनागरिकलाई बचाउन खोप प्रभावकारी हुने भएपनि नेपालमा बहुसंख्यक नागरिक खोपको पहुँचमा नभएको बताउँदै । सबैलाई खोप सेवा उपलब्ध गराउन सरकारले गम्भीरतापूर्वक कार्य अगाडी बढाउनुपर्ने र त्यसका लापग निजीक्षेत्रको समेत साथ लिई खोप सेवालाई जतिसक्यो छिटो उपलब्ध गराई जनताको जिउ ज्यान सुरक्षित गर्न गराउन सरकार संग जोडदार माग गरिएको छ ।

कोभिड महामारीकै क्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाले एम्बुलेन्स खरिद गर्न लागेकाले संघका तर्फबाट उक्त कार्यका लागि रु ३१ हजार आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको छ ।

पहिलो लकडाउबाट धरासायी बनेको उद्योग, व्यवसाय क्षेत्र तंग्रिन नपाउँदै कोरोनाको दोस्रो लहरको चपेटामा परेको उल्लेख गर्दै संघले यस्तो अवस्थामा राज्य निकाय र बैंक तथा वित्तीय संस्थाहरुले कर र ऋण असुलीमा सहुलियत प्रदान गर्न, नेपाल राष्ट्र बैंकको निर्देशन अनिवार्यरुपमा पालना गर्न जोडदार माग गरिएको छ ।