नेपालगन्जमा ५० प्रतिशत अनुदानमा धानको विउ


नेपालगन्जमा ५० प्रतिशत अनुदानमा धानको विउ

नेपालगन्ज ७ जेठ : नेपालगन्ज उप–महानगरपालिकाले नगरक्षेत्रभित्रका किसानहरुलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण सुरु गरेको छ ।

उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य शुरु गरेको छ ।

बिहिवारदेखि किसानलाई धानको विउ वितरण सुरु गरिएको हो ।

नगर प्रमुख डाक्टर धवलशम्शेर राणाले विहीबार सुभारम्भ गरेको उक्त कार्यक्रम केही दिनसम्म चल्ने छ । १५.७५ मेट्रिक टन धानको विउ वितरण गर्न लागिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको विउ लिन किसानहरुको लाम लागेको छ ।

किसानको आवश्यकता अनुसार कम्तिमा ३५ किलोको एक बोरी धानको विउ उपलब्ध गराउने गरिएको छ ।

राधा– ४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सव वन गरि चार किसिमका धानका विउ वितरण भईरहेको उपमहानगरपालिकाले जनाएको छ ।