बर्दिया १० जेठः बर्दियाको बाँसगढि नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले कोरोनालाई जित्नको लागी मनोवल उच्च राख्नु पर्ने बताउनु भएको छ ।
कोरोनाको दोस्रो लहर चलिरहँदा त्यसको व्यवस्थापन गर्दा गर्दै पोजेटिभ देखिएका नगर प्रमुख सालिकराम अधिकारीले कोरोनालाई हल्का रुपमा लिन नहुने बताएका छन् ।
साथै उनले कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गराउन आग्रह गर्दै होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई फोन सम्पर्क तथा पाएक पर्ने स्थानमा आफै गएर स्वास्थ्य अवस्था पनि बुझने काम गरिरहेकाछन् ।
हाल कोरोनालाई जितिसकेपछि नियमित काममा फर्केका अधिकारीले सो कुरा बताएका हुन् ।
बाँकेसंग सीमा जोडिएको बाँसगढि नगरपालिका क्षेत्र पनि कोरोनाको उच्च जोखिममा छ । त्यसो त बर्दिया जिल्ला नै उच्च जोखिममा रहेको छ । बर्दियामा भारतसंगको खुल्ला सीमानाका कारण संक्रमितको सख्या ह्वातै बढेको छ ।
बाँसगढि नगरपालिकामा शनिवार बाहेक अन्य दिन पीसिआर तथा इन्टिजेन टेस्ट भैरहेको छ । हालसम्म ५ सय ६१ जना संक्रमित देखिएकामध्ये २ सय ९७ जना होम आइसोलेसनमा रहेको प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।
यो अवधिसम्म २ जना अस्पतालमा उपचाररत रहेका छन् भने हाल सम्म १२ जनाको मृत्यु भैसकेको छ । बाँकी संक्रमित निको भैसकेका छन् । अहिले पनि दैनिकजसो पीसीआर टेस्ट तथा इन्टिजेन टेस्ट भैरहेको बाँसगढि नगरपालिकाका कोरोना फोकल पर्सन उमेश गौतमले जानकारी दिए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु