किसानलाई बीउबिजन र मल समयमै उपलब्ध गराउन माग


किसानलाई बीउबिजन र मल समयमै उपलब्ध गराउन माग

नेपालगन्ज १४ जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखा र ईन्सेक, लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले किसानलाई समयमै बीउबिजन र मल उपलब्ध गराउन माग गरेकोछ ।

पत्रकार महासंघ बाँके शाखा र ईन्सेक, लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले संयुक्तरुपमा शुक्रबार लुम्बिनी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई यस्तो माग गरेको हो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी र ईन्सेक, लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका प्रमुख भोला महतले लुम्बिनी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवलाई ७ बुँदे माग गरेका हुन् ।

‘लुम्बिनी प्रदेशका अधिकांश नागरिकहरु कृषी पेशामा निर्भर छन् । विश्व नै कोभिडबाट आक्रान्त भएको अवस्थामा थुप्रै बेरोजगार भएर बसेकाछन् । बेरोजगार युवा र कृषी क्षेत्रमा लागेका युवाहरु नेपालमा कृषी क्रान्ति ल्याउने सपना देख्न थालेका छन् । राज्यले किसानहरुका लागि नीति नियमहरु बनाएपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा किसानहरु पीडित छन त्यतिमात्र होइन कृषी पेशामा संलग्न किसानहरुको लगानी र प्रतिफल सुरक्षित नहुँदा पलायन हुने अवस्था छ’ संयुक्त विज्ञप्तीमा भनिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘किसानहरुलाई कृषी पेशामा टिकाइ राख्न र नयाँ व्यवसायीक कृषक उत्पादन गर्नसके कृषकहरुको साथै राज्यलाई पनि आर्थिक टेवा पुग्नेमा दुई मत छैन । अतः तपसिलका बुँदाहरुमा ज्ञापन पत्र मार्फत यहाँको ध्यानाकर्षण गराउन चाहन्छौं’ उक्त विज्ञप्तीमा उल्लेखछ ।

१, प्रत्येक वर्ष किसानहरुले झेल्दै आइरहेको मल बीउको समस्यालाई यो वर्ष पनि अभाव हुने प्रदेश सरकारद्वारा किसानहरुले सर्वसुलभ रुपमा समयमै मल बीउ पाउने गरी व्यवस्था मिलाइयोस, २, भारतबाट अबैध रुपमा आयात हुने कृषी उत्पादनले गर्दा स्वदेशी उत्पादनले बजार नपाइरहेको परिस्थितीमा त्यस्तो आयातित कृषी उत्पादनलाई नियन्त्रण गर्दै नेपाली उत्पादनको बजार व्यवस्थापन गरियास्, ३, उत्पादन र बीउ बिजन भण्डारणका लागि उपयुक्त स्थानमा कोल्डस्टोरको व्यवस्थापन गरी कार्यान्वयनमा ल्याइनु पर्ने, ४, सम्पूर्ण कृषकहरुको हित र पहुँच पुग्ने गरी कृषी अनुदानको व्यवस्थापन गरिनु पर्ने, ५,कृषी एम्बुलेन्सलाई प्रभावकारी बनाइनु पर्ने, ६, विभिन्न रोग र दैविप्रकोपका कारण कृषीमा हुने क्षतीको क्षतीपूर्तीको लागि सबै किसानहरुलाई कृषी वीमाको परिधिभित्र ल्याइ किसानहरुको उत्पादनलाई सुरक्षित गरिनु पर्ने र ७, हालको कोभिड महामारी नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञा र लकडाउनको अवस्थामा पनि कृषी उत्पादनलाई सहज रुपमा ढुवानी गर्नका लागि सप्लायर्स तथा किसानलाई पासको व्यवस्था गरिनु पर्ने महासंघ र ईन्सेकद्वारा संयुक्तरुपमा माग गरिएकोछ ।