नेपालगन्ज १५ जेठ : सरकारले आगामी साउन १ गतेदेखि पत्रकारको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएकोछ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणमार्फत आगामी साउन १ गतेदेखि यो सुविधा उपलब्ध हुने जानकारी दिए ।
नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा निःशुल्क उपचार सुविधा दिइनेछ ।
‘आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु,’ मन्त्री पौडेलले भने, ‘सञ्चारकर्मीको पेसागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रतिष्ठान स्थापना गरिनेछ ।’
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?