File Photo
नेपालगन्ज १५ जेठ : अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताए ।
नयाँ बजेटमा अब हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि अनिवार्य एउटा दमकल राखिने भएको छ ।
एक अग्नि नियन्त्रकका अनुसार एउटा दमकललाई सामान्यतः ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ । यसका लागि कम्तीमा तीन कर्मचारी २४ सै घण्टा खट्नुपर्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार अहिले ६ सय स्थानीय तह दमकलविहीन छन् । मन्त्रालयका अनुसार ६ महानगरसँग १९ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यसबाहेक ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ वटा दमकल छन् ।
झापाको कमल, मोरङको कानेपोखरी, सुनसरीको कोशी, तेह्रथुमको आठराई, भोजपुरको हतुवागडी, खोटाङको खोटेहाङ, उदयपुरको रौतामाई र बाँकेको नरैनापुर गाउँपालिकाबाहेक ४५२ वटा गाउँपालिकामा दमकल छैन ।
यस्तै डढेलो नियन्त्रण गर्न हेलिकप्टरबाट पानी खन्याउने योजना अघि सारिएकोछ ।
अर्थमन्त्री पौडेलले विपद् उद्धार तथा व्यवस्थापनका लागि हरेक प्रदेशमा बहुउपयोगी रोबोटिक फायर फाइटिङ, अत्याधुनिक फायर ब्रिगेड, मल्टिसिटर एम्बुलेन्स र उद्धारका लागि गाडी तयारी अवस्थामा राखिने पनि बताएका छन् ।
डढेलो नियन्त्रणका लागि नेपाली सेनाको व्यवस्थापनमा परिचालित हुने गरी पानी खन्याउने बकेटसहितको हेलिकोप्टर तयारी अवस्थामा राखिने पनि उनले उल्लेख गरेका छन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी