नेपालगन्ज १५ जेठ : सरकारले यसपटक स्वास्थ्य क्षेत्रमा बजेट बृद्धि गरेकोछ । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्बभन्दा बढीको बजेट विनियोजन गरेको हो ।
कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन् ।
बजेटमा कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकता दिइएको छ । कोभिड विरुद्धको भ्याक्सिन खरिदलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
कोभिड खोप खरिदका लागि २६ अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।
बजेटमा महिला स्वास्थ्य स्वयंकसेविकाको भत्ता वृद्धि, जोखिम भत्ता, राष्ट्रिय रोग नियन्त्रण केन्द्र लगायतका कुरा समेत समावेश छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?