तनहुँ २६ जेठ : आन्तरिक राजश्व कार्यालयबाट बन्दाबन्दीको समयमा बीस जनाले घरमा बसेर पान नम्बर लिएका छन् । बन्दाबन्दीका कारण हिँड्डुल गर्न नपाएका, व्यापार व्यवसायका लागि अति आवश्यक परेका व्यक्तिले घरमा बसेर इन्टरनेटमार्फत पान नं लिएका हुन् ।
कार्यालयको वेबसाइट खोलेर आवेदन दिन सकिन्छ । आवेदकले ट्याक्स पे पोटलमा गएर आफ्ना आवश्यक कागजात अपलोड गरी पठाएपछि कार्यालयका अधिकृतले जाँचेर प्रमाणित भए पान नं उपलब्ध हुने सो कार्यालयले जनाएको छ ।
बनेको पान नम्बर पुनः सम्बन्धित व्यक्तिको म्यासेन्जर वा इमेलमा पठाई सहयोग गरिएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । तत्काललाई नं मात्रै चाहिने कार्यका लागि यसरी काम गरिएको छ । प्रमाणपत्र चाहिएमा कार्यालय खुलेको समयमा आएर लैजान सकिने व्यवस्था मिलाइएको छ ।
दोस्रो लहरको भेरियन्टसहितको कोरोनाबाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालयले गते वैशाख २२ गते रातिदेखि बन्दाबन्दीको आह्वान गरेपछि जिल्लाका सबै व्यवसाय ठप्प छन् । -रासस
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल