नेपाल आइपुग्यो बङ्गलादेशबाट ३२ हजार मेट्रिकटन बढि मल


नेपाल आइपुग्यो बङ्गलादेशबाट ३२ हजार मेट्रिकटन बढि मल

सांकेतिक तस्विर

नेपालगन्ज २६ जेठ : नेपाल सरकारले बङ्गलादेशबाट खरिद गरेको युरिया मल नेपाल आएकोछ । बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको हो ।

सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको बताइएको छ ।

जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रवन्धक गोरखनाथ केसीले बताए ।

बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउने छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

खेतीकिसानीका समयमा हरेक वर्ष मल अभावमा नेपाली किसानले सास्ती भोग्दै आएकाछन् । सरकारले खरिद गरेको युरिया मल नेपाल आएसंगै मल अभावको समस्यामा राहत पुग्ने विश्वास गरिएकोछ ।