वर्षायामको तीन महिना सडक खने कारबाही


वर्षायामको तीन महिना सडक खने कारबाही

File Photo

नेपालगन्ज ३१ जेठ : सरकारले वर्षायामको तीन महिना सडक खन्न नपाइने व्यवस्था गरेको छ ।

सरकारले आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने नाममा जथाभावी सडक खनेर काम देखाउने र बजेट खर्च गर्ने परम्परालाई निस्तेज पार्न यस्तो व्यवस्था गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जान भएकाले असार १ देखि भाद्र मसान्तसम्म सडक खन्न नदिने जनाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै सडक डिभिजन मातहत रहेका कुनैपनि सडक खन्न स्वीकृति नदिने र कसैले जर्बजस्ती सडक खनेको पाइएमा कारबाही गरिने बताएको छ ।
आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने नाममा जथाभावी सडक खनेर काम देखाउने र बजेट खर्च गर्ने परम्परालाई यस्तो नीतिले कम गर्ने देखिएको छ ।