बर्दिया ३१ जेठ : कोभिड दोस्रो लहर चलिरहेको बेला थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाले बारबर्दिया नगरपालिकालाई करिब ५ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागी डिसीए नेपाल काठमाण्डाँै तथा थारु महिला उत्थान केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित आधार परियोजना अन्तर्गत नगरपालिकाकालाई सो सामाग्री हस्तान्तरण गरिएको थारु महिला उत्थान केन्द्रका निर्देशक प्रिज्मा सिंह थारुले बताइन् ।
स्वास्थ्य सामाग्री बुझदै नगर प्रमुख दुर्गा बहादुर थारु ‘कविर’ले कोभिड रोकथाम तथा नियन्त्रणका लागी सरकारको मात्रै भुमिका नभएर संघ सस्थाको पनि महत्वपुर्ण भुमिका हुन्छ’ उनले भने–‘प्राप्त स्वास्थ्य सामाग्रीबाट नगरपालिकालाई काममा थप उर्जा प्रदान गरेकोछ।’
हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा मास्क, सेनिटाइजर, एक्जामिनेशन ग्लोब्स, सर्जिकल ग्लोब्स, साबुन, डस्टविन, सोडियम हाईड्रो क्लोराइड, क्यालेन्डर, फल्यास, टुथ ब्रस, सर्फ, मन्जन, लगायतका ५ लाख मूल्यको स्वास्थ्य सामाग्री रहेको बारबर्दिया नगरपालिकाका नगर स्वास्थ्य निरीक्षक डिल्लीराज शर्माले बताए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु