नेपालगन्ज १ असार : आगामी आर्थिक वर्ष २०७८/८९ का लागि आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दैछन् ।
असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो । सातै प्रदेशका अर्थमन्त्रीहरूले आ–आफ्नो प्रदेश सभा बैठकमा बजेट पेश गर्ने छन् ।
प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ ।
हिजो मात्रै नीति तथा कार्यक्रम संसद प्रस्तुत गरेको गण्डकी प्रदेश सरकारले पनि आजै बजेट ल्याउँदै छ । बिहान १० बजे बस्ने प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट प्रस्तुत गर्ने गण्डकी प्रदेशको तयारी छ । गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैंले बजेट प्रस्तुत गर्ने छन् ।
यसअघि ५ वटा प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पुर्वाधारको निर्माण र कृषि लगायतलाई प्राथमिकतामा राखेर पारित गरेका छन् ।
तर, कर्णाली र गण्डकी प्रदेशमा भने नीति तथा कार्यक्रम नै पारित भएको छैन ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं