बर्दिया ६ असार : बर्दियाको गुलरियामा ‘ब्ल्याक आइ क्याफे’ र ‘हाम्रो किनमेल सेन्टर एन्ड सप्लायर्स’ सञ्चालनमा आएको छ ।
उद्यमीद्वय कृष्ण उपाध्याय र रमेश कँुवरले बर्दियाको गुलरियामा पहिलो पटक सञ्चालनमा ल्याएको ब्ल्याक आइ क्याफे र हाम्रो किनमेल सेन्टर एन्ड सप्लायर्सको उद्घाटन गर्दै उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे (मंगल) यस्ता व्यवसायबाट अगाडि बढ्ने युवाहरुलाई प्रोत्साहनको आवश्यकता रहेको बताए ।
उनले अहिलेको अवस्था व्यापार व्यवसाय सञ्चालन गर्नु पर्ने थुप्रै चुनौतीको सामना गर्दै लगानी गरेकोमा शुभकामना दिदैँ यसले लगानी गर्ने युवाहरुमा प्रोत्साहन बढने बताए ।
सञ्चालक कृष्ण उपाध्यायले बर्दियामा क्याफे सञ्चालन नभएको हुँदा आफुहरुले सो व्यवसाय गर्न लागेको बताउदै सबैको सहयोग र साथको आवश्यकता रहेको बताए ।
निषेधाज्ञाको विचमा सञ्चालनमा ल्याइएको व्ल्याक आइ क्याफे र हाम्रो किनमेल मार्ट बदियाको लागी नौलो भएको बताउदै सञ्चालक उपाध्यायले यस खालको लागानीले अरुलाई पनि प्रोत्साहन हुने बताए ।