अब सुबिसुको देशभर उच्च गतिको ब्रोडब्याण्ड सेवा


अब सुबिसुको देशभर उच्च गतिको ब्रोडब्याण्ड सेवा

नेपालगन्ज ८ असार : सुबिसु केबल नेट प्रालिले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क विस्तार गरेको छ ।

एक हजार पाँच सय किलोमिटर पूर्व–पश्चिम फैलिएको सुबिसुको नेटवर्कमा उच्च गति क्षमताको फाइबर विस्तार गरेको सुबिसुले जनाएको छ ।

बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्ने कम्पनीको विश्वास छ ।

सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन उपलब्ध गराएको हो, जसले सुबिसुको बढ्दो ब्याण्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्ने बताइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

४०० जीबीपीएस सिंगल फाइबर युक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफार्म अफरिङ्ग फोटोनिक सर्भिस इन्जिन (पीएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ्ग दैशभर जडान गरिएको सुविसुले जनाएको छ । विश्वमै यस्तो समाधानको यो पहिलो अपरेशन भएको कम्पनीको दावी छ ।

नोकियाको ४०० जीबीपीएस सिंगल फाइबर सोलुसनले फाइबर क्षमतामा उल्लेखनीय सुधार गरी सुबिसुको नेटवर्कलाई सोलुसन कस्ट अप्टिमाइज गर्दै र अपरेशन कस्ट घटाउदै थप सबल बनाउन मद्दत गर्दछ ।

यस समाधानले सुबिसुलाई सिंगल फाइबरको माध्यमबाट मल्टि–टेराबिट क्षमताको नेटवर्क सजिलै प्रदान गर्दछ । सुबिसुका सीईओ बिनय मोहन साउद भन्छन्, ‘नोकियासँग हामी निकै लामो समयदेखि काम गर्दै आएका छौं, र नोकियाको इण्डस्ट्री लिडिङ्ग उत्पादन तथा सोलुसनहरूले सुबिसुका ग्राहकलाई उच्च गति तथा गुणस्तरीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको छ ।

यस महत्वपूर्ण परियोजनाको लागि नोकिया एकमात्र विक्रेता हो र यसका सोलुसनहरूले हाम्रो सेवाको माध्यमबाट ग्राहकलाई उच्चस्तरीय अनुभव तथा सेवा प्रदान गर्न हामी सक्षम भएका छौं ।’

भारतका लागि नोकियाका इमर्जिङ मार्केटका प्रमुख विनिश बावा भन्छन्, ‘हाम्रो इन्डस्ट्री–प्रमाणित १८३० पीएसएस सोलुसनले सुबिसु जस्ता सेवाप्रदायकलाई बढ्दो क्षमताको माग पुरा गर्न र ग्राहकको अनुभवलाई अझ परिस्कृत गर्न सक्षम भएको छ । सुबिसुको अप्टिकल नेटवर्कलाई आधुनिकिरण गर्न यस महत्वपूर्ण परियोजनालाई सफल र समयमै समाप्त गरी उच्च प्रतिफल दिन पाएकोमा हामी खुसी छौं । साथै भविष्यमा हाम्रो साझेदारी यसरी नै सधैं कायम रहनेछ ।’

नियोटेरिक नेपालका प्रबन्ध निर्देशक सञ्जय गोल्छा भन्छन्, ‘नोकियाको पार्टनर भएको नाताले हामी नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेसन प्रणाली बनाउने प्रक्रियामा सहयोग गर्न प्रतिबद्ध छौं ।’