कोहलपुर ८ असार : आईएमई लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार मृत्युुदावी भुक्तानी गरेको छ ।
वीमा गरेको एक वर्ष पूरा नहुँदै कोहलपुर नगरपालिका वडा नम्बर– ५, का ३४ वर्षीय लक्ष्मण कुमार थापाको यही वैशाख २२ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
वीमा गरेको एक वर्ष नपुग्दै वीमितको मृत्यु भएपछि इन्स्योरेन्स कम्पनीले वीमा बापतको २० लाख रुपैयाँ बुझाएको हो ।
मृतकले गत वर्ष जेठ १४ गते २० लाखको जीवन वीमा गराएका थिए । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर देवेन्द्र पौडेलका अनुसार वीमित लक्ष्मणका श्रीमती हिमा न्यैपानेलाई उक्त रकमको चेक प्रदान गरिएको छ ।
मृत्युदावि भुक्तानी रकमको चेक ग्रहण गर्दै मृतककी श्रीमती हिमाले इन्स्योरेन्स कम्पनीलाई धन्यवाद व्यक्त गर्दै उक्त रकमले जिविकोपार्जनमा सहयोग हुने बताइन् ।
कार्यक्रममा बोल्दै आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख प्रेम तिमिल्सिनाले कम्पनीका सबै काम डिजिटल माध्यमबाट भइरहेकाले वीमितलाई वीमा रकम भुक्तानी छिटो, छरितो र सहजरुपमा प्रदान गर्दै आएको बताए ।
उनले आगामी दिनमा अनलाईनको माध्यमबाट दाबिकर्ता आफै घरैबाट भुक्तानी लिने ब्यवस्थापनतिर कम्पनी लागिपरेको कुरा समेत बताए ।
यस्तै कार्यक्रममा बोल्दै एजेन्सी म्यानेजर देबेन्द्र पौडेलले वीमा बचत र सुरक्षा मात्र नभइ कम्पनी प्रतिको बिश्वास पनि भएकाले कम्पनीले त्यो विश्वासलाई थप मजबुत गराउन सफल भएको बताए ।
मृत्युदावी भुक्तानी कार्यक्रममा इन्स्योरेन्स कम्पनी कोहलपुर शाखाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।