खजुरा (बाँके) १३ असार : खजुरा गाउँपालिका क्षेत्रभित्रका करीब २ सय युवालाई व्यवसायिकतामार्फत रोजगारीमा जोड्न थालिएको छ । सो अभियान अन्तरगत आईतबार ४० जना युवालाई व्यवासाय सञ्चालनका लागि ४० हजार अनुदान रुकम वितरण गरिएको छ ।
खजुरा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालको सहकार्यमा उनीहरुलाई बाख्रा र बंगुर पालनका लागि उक्त रकम वितरण गरेको हो । व्यवसायिक योजना अनुरुप अगाडि बढेको खण्डमा उनीहरुलाई सहयोग रकम थप हुँदै जाने बताइएको छ ।
उक्त कार्यक्रमको इन्रुडेकले समन्वय गरेको छ । शुरुवात भएको यो परियोजना आगामी ३ वर्षसम्म सञ्चालन हुने जनाइएको छ ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले युवा उद्यमीलाई अनुदान रकमको चेक हस्तान्तरण गर्दै २ सय युवाहरूलाई उधमशिलता अन्तरगत ३ वर्षमा गाउँपालिकाले ५ करोड रुपैयाँ लगानी गर्ने बताए । उनले बाख्रा, बंगुर र टर्की पालनमा जोड दिएकोमा हाल बाख्रा र बंगुर पालनको मात्र माग भएको बताए ।
चालू आर्थिक वर्षमा ४० जनालाई बाख्रा र बंगुर पालनका लागि ४० हजारका दरले दिइएकोमा आगामी दिनमा २ सय जनामा विभिन्न व्यवसाय सञ्चालनका लागि उक्त कार्यक्रम सञ्चालन गरिने उनले बनाए । निर्वाचित भएको ४ वर्षमा १०१ बुँदे घोषणापत्रमा ६८ बुँदा पूरा गरेको पनि उनले जानकारी दिए ।
अध्यक्ष कक्षपतिले कोभिडले विकास र नियमितमा काममा प्रभाव पारेकोले ग्रीन सिटीको २ अर्बको प्रोजेक्ट अगाडि बढ्न नसककोमा निकट भविष्यमा अगाडि बढने बताए । उक्त कार्यक्रम अन्तरगत आमा, बहिनी समूह गठन र आधाशिला तालिम दिइने छ ।
खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले युवाहरूलाई उद्यमी बनाउने उद्देश अनुरुप युवाहरूलाई अनुदान दिइएकोमा व्यवसायिक योजना बनाएर अगाडि बढ्न आग्रह गरिन् ।
उनले भनिन् योजना बिना कार्यक्रम सफल नहुँने भएकाले व्यवसायिक योजनाका साथ अगाडि बढ्नु पर्छ । उनले आधाशिला तालिमले परियोजनाको उद्देश्य पूर्ति गर्नेमा विश्वास व्यक्त गरिन् ।
खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम ओलीले सानो लगानीबाट अर्बपति भएका धेरै उदाहरण भएकाले रोजगारमा सहयोग पु¥याउन गरिएको यो सहयोगलाई भरपूर उपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले वैदेशिक रोजगारबाट फर्किएका वा युवा जो उद्यम गर्न चाहन्छ त्यस्तालाई सहयोग पु¥याउँदै उद्यमशीलताको माध्यमबाट रोजगारी सृजना गर्न कार्यक्रम लागू गरिएको बताए ।
कार्यक्रममा हेफर प्रोजक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पोख्रेल, परियोजना संयोजक प्रेम विकले त्रिपक्षीय रुपमा सम्झौता गरेर गरिने व्यवसाय भएकाले सफल बन्ने सुत्रका बारेमा सहजीकरण गरेका थिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी