काठमाडौंँ २२ असार : कोरोना महामारीको प्रभावका कारण दुईवटा पर्दा भएको कमलपोखरी स्थित कुमारी चलचित्र भवन (हल) सधैका लागि बन्द गरिएको छ ।
तीन दशक बढी समयदेखि सञ्चालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागेको हो ।
क्यूएफएक्स चेनको सञ्चालनमा रहेको हल भित्रका सामानहरु समेत अहिले हटाउन थालिएको छ । अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ ।
कोरोनाले चलचित्र भवनको खर्च धान्न नसकेकाले सधैका लागि बन्न गर्न लागेको क्यूएफएक्सका सिइओ रोशन अडिगाले जानकारी दिए ।
कोरोना महामारी अगाडि हल बन्द गर्ने विषयमा नसोचेको बताएका रोशनले भने ‘कोरोनाको कारणले चलचित्र भवनको खर्च धान्न नसक्ने भएपछि बन्द गर्न बाध्य भएका हौं ।’
बलिउड, हलिउड होस् वा नेपाली फिल्म प्रदर्शनको एउटा महत्वपुर्ण ईतिहास बोकेको कुमारी हल २०६२ सालमा क्यूएफएक्सले सञ्चालनको स्वामित्व लिएको थियो ।
नेपाली फिल्मका निर्माताले ठूलो शेयर पाउने गरेको यो हलमा च्यारिटी, प्रिमियर शो, प्रेस मिट, फिल्म महोत्सव लगायतका कार्यक्रम समेत हुदै आएका थिए । यस अगाडि क्यूएफएक्स चेनको जय नेपाल चलचित्र घर समेत सधैका लागि बन्द गरेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी