नेपालगन्ज ३० असार : नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुका लागि रु २ लाखको सामुहिक दुर्घटना वीमा गर्ने निर्णय गरेको छ ।
अध्यक्ष अब्दुल वाहिद मन्सुरीकोे अध्यक्षतामा बुधवार बसेको संघको बैठकले वीमा लगायत आफ्ना संस्थामा हुने नविकरण जस्ता कामहरुमा छुट दिने निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।
महासचिव ओलीका अनुसार, संघमा आवद्ध सदस्यहरुको हकमा कोभिड–१९ अतिप्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग लगायतका पर्यटन व्यवसाय, चलचित्र उद्योग, हस्तकला उद्योग, विज्ञापन सेवा, टेलरिङ, ब्यूटीपार्लर, हेल्थ क्लब जस्ता व्यवसायले श्रावण १ गते देखि संघको प्रवेश र नविकरण शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरिएको छ ।
संघले अन्य उद्योगी, व्यवसायीहरुका हकमा श्रावण १ गतेदेखि असोज मसान्त सम्म ३५ प्रतिशतसम्म प्रवेश र नविकरण शुल्कमा छुट दिने भएको छ ।
संघमा आवद्ध सदस्यहरुका लागि आव २०७८÷०७९ श्रावण १ गते देखि नयाँ सदस्यता लिने तथा नविकरण गर्ने सदस्यताहरुका हकमा सामुहिक दुर्घटना वीमा वापत दुई लाख र दुर्घटना पश्चात् औषाधी उपचार खर्च वापत एक पटकमा अधिकतम् बिस हजार बराबरको औषाधी उपचार खर्च दाबी गर्न पाउने गरि बिमाको व्यवस्था गर्ने भएको छ ।
संघका अध्यक्ष मन्सुरीले नविकरण छुट र वीमाको कार्यबाट उद्योगी, व्यवसायीले राहात महसुस गर्ने बताए । उनले भइपरी आउने जोखिमको अन्त्य गर्नका लागि वीमा प्रभावकारी हुने उल्लेख गरे । संघका सचिव ओलीले मोफसलमा सम्भवत पहिलो पटक वीमाको व्यवस्था गर्न लागेको बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी