बिक्रीको अन्तिम संघारमा नेपालगन्ज मेडिकल कलेज

नयाँ व्यवस्थापनसंगै धेरै कर्मचारीको ‘जागिर धराप’मा


बिक्रीको अन्तिम संघारमा नेपालगन्ज मेडिकल कलेज

नेपालगन्ज २ साउन : नेपालमै ठूलो मानिएको नेपालगन्ज मेडिकल कलेज बिक्रीको अन्तिम संघारमा रहेको छ । खरिद गर्ने र बिक्री गर्ने पक्षबीच काठमाण्डौंमा दैनिक ‘वान टू वान’ टेवुल वार्ता चलिरहेकोछ ।

नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेश कुमार कनोडिया ग्रुपको बर्चस्व सेयर रहेको नेपालगन्ज मेडिकल कलेज विराटनगरका सुनिल शर्माले किन्नका लागि अन्तिम प्रयास गरिरहेकाछन् ।

नेपालगन्ज मेडिकल कलेज खरिद गर्न खोज्ने शर्मा नोबेल मेडिकल कलेज र केएमसी मेडिकल कलेजका मालिक हुन् । नेपालगन्ज मेडिकल कलेज पश्चिम नेपालको उपचार र मेडिकल अध्ययनका लागि केन्द्र मानिन्छ ।

‘नेपालगन्ज मेडिकल कलेज बिक्रिका लागि सुनिल शर्मासंग एक वर्षदेखि कुरा चलिरहेको हो । अहिले पनि चलिरहेकोछ । तर, अझैं टुङ्गो लागेको छैन ।’ नेपालगन्ज मेडिकल कलेजको सञ्चालक उच्च श्रोतले सेतोखरीसंग भन्यो–‘बिक्रीको कुरा सघनरुपमा भइरहेकोछ । डकुमेन्टमा अझैं हस्ताक्षर भइसकेको छैन ।’

Kids Festival 2022
kanti aarogya hospital
add

सञ्चालक श्रोतका अनुसार, मेडिकल कलेजलाई थप गुणस्तर सेवा प्रदानसंगै स्तरउन्नतीका लागि मेडिकल कलेजको शेयर बिक्री गर्न लागिएको हो ।

नेपालगन्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिद गर्न खोजेका सुनिल शर्माले यदि नेपालगन्ज मेडिकल कलेज विक्रीको अन्तिम टुङ्गो लागे हाललाई ४५ प्रतिशत शेयर मात्र खरिद गर्न पाउने ब्यवस्थापक श्रोतले सेतोखरीलाई बताएको छ । प्राविधिक कारणले ५५ प्रतिशत शेयर खरिद गर्नका लागि शर्मा २ वर्ष पर्खिनुपर्नेछ ।

करिब १२ सय कर्मचारी रहेको नेपालगन्ज मेडिकल कलेजमा भारत, बङ्गलादेश लगायतका देशबाट मेडिकल अध्ययन गर्न आउने गर्छन् । कडा स्वभावका सुनिल शर्माले यदि नेपालगन्ज मेडिकल कलेज खरिद गरे उक्त कलेजका धेरै कर्मचारीको जागिर जोखिममा पर्ने श्रोतले जनाएकोछ ।

शर्माले आफ्नै व्यवस्थापनमा नेपालगन्ज मेडिकल कलेज चलाउने र कर्मचारीले आन्दोलन गरे, बखेडा झिके नयाँ कर्मचारी भर्ना र कलेज सञ्चालन गर्ने श्रोतले बतायो ।
काम नगरि हाजिर मात्र लगाएर तलब बुझ्ने गरेका कर्मचारीलाई पहिलो चरणमै फ्याँक्ने नयाँ व्यवस्थापनको योजना छ । एक वर्षदेखि सुनिल शर्माले नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुको चालचलन र कार्यशैली सुक्ष्मरुपमा अध्ययन गर्दै आएको बताइएकोछ ।

यता नेपालगन्ज मेडिकल कलेज भित्र कर्मचारीहरुबीच मेडिकल कलेज बिक्री भइसक्यो भन्ने हल्ला चलेकोछ । केही कर्मचारीहरु अब अस्पताल राम्रो हुन्छ भनेर खुशी ब्यक्त गरिरहेका छन् भने केही कर्मचारीहरु विक्रीको हल्लाले आतंकित भएकाछन् ।