बर्दियामा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसिल’ लगाउन प्लानको सहकार्य


बर्दियामा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसिल’ लगाउन प्लानको सहकार्य

बर्दिया २ साउन : कोरोना भाइरस विरुद्धको खोप अभियानमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यलय सुर्खेतले सहकार्य गर्ने भएकोछ ।

बर्दियामा कोरोना भाइरस विरुद्धको खोप आगामी साउन ६ गतेदेखि सबै पालिकाहरुमा लगाउने तयारी समेत गरिएको छ । यसका लागि बर्दियाको गुलरियामा भएको समन्वयात्मक बैठकमा यस्तो बताइएको हो ।

बर्दिया जिल्लाका सबै पालिकामा कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि हाललाई २६ हजार डोज खोप आइसकेको स्वास्थ्य कार्यालय बर्दियका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

उनका अनुसार बर्दियाका ५५ वर्षदेखि माथी उमेर समुहका सबै नागरिक, शिक्षक, गाडी चालक र सहचालकसंगै यसअघि खोप लगाउन छुटेकालाई खोप लगाउने गरि तयारी गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा कोभिड –१९ को असरबाट बच्न समुदायको क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत बर्दियामा रहेको थारु महिला उत्थान केन्द्रले विभिन्न गतिविधि गर्दै आएको छ ।

केन्द्रको आयोजनामा गरिएको जिल्ला कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको समन्वयात्यमक बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कोभिड–१९ विरुद्धका कार्यक्रमका लागी बर्दियामा सहयोगी भूमिका खेल्दै आएका विभिन्न गैर सरकारी संस्थहरुलाई धन्यबाद दिए ।

समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सन्तबहादुरले प्लानलाई विशेष धन्यवाद दिदैं उनले समुदायमा लगाइने खोपका लागी थारु महिला उत्थान केन्द्र लगायतका संस्थाहरुले सहजीकरणको भूमिका खेलेको भन्दै यसको निरन्तरताका लागि समेत आग्रह गरे ।

थारु महिला उत्थान केन्द्रका कार्यक्रम व्यवस्थापक तेजमणी पन्थले कार्यक्रमको विषयमा सहजीकरण गर्दै बर्दिया जिल्लाका ५ वटा नगरपालिका र दुई वटा गाँउपालिकामा लगाइने भेरोसील खोपका लागी सहजिकरणका विभिन्न कार्यक्रम गर्ने बताए ।

प्रत्येक पालिकाका ३ वटा खोप केन्द्रमा सेवा ग्राहीका लागी पिउने पानी र त्रीपाल लगायतका व्यवस्थापन गरि खोप अभियानलाई सफल बनाउन सहयोग गर्ने केन्द्रका कार्यक्रम व्यवस्थापक पन्थले जानकारी दिए । उनका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान सफल पार्न महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रशिक्षण दिइ परिचालन गनिे बताए ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा सञ्चारकर्मिहरुको उपस्थित रहेको थियो ।