मापसे सेवन गरि बाँसगढी नगरपालिकाका उप–प्रमुख सुष्माका श्रीमानले स्वास्थ्यकर्मी कुटे


मापसे सेवन गरि बाँसगढी नगरपालिकाका उप–प्रमुख सुष्माका श्रीमानले स्वास्थ्यकर्मी कुटे

बर्दिया १९ साउन : बर्दियाको बाँसगढि नगरपालिकाका उप–प्रमुख सुष्मा चौधरीका श्रीमानले कर्मचारीमाथी हातपात गरेका छन् ।

नगर उप–प्रमुख सुष्माका श्रीमान मंगल सिंह थारुले मादक पदार्थ सेवन गरि डेउढाकला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थकर्मी महेश थारुलाई कुटपिट गरेका हुन् ।

बाँसगढी नगरपालिका अन्तर्गत रहेको डेउढाकला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थकर्मी महेशलाई मापसे सेवन गरी बाँसगढि नगरपालिकाका उप–प्रमुख सुष्मा चौधरीका श्रीमान मंगलसिंहले तथानाम गाली गर्दै हातपात गरेको पीडित स्वास्थ्यकर्मी महेशले सेतोखरीलाई बताए ।

शक्तिको आडमा विना कारण उप–प्रमुख सुष्माका श्रीमान मंगलले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै विवाद बढेपछि उपप्रमुख सुष्माले आपसी समझदारीमा विवाद मिलाएकी थिइन् ।

Kids Festival 2022
kanti aarogya hospital

डेउढाकला स्वास्थ्य चौकीका इन्चार्ज हुमनाथ देवकोटाले आफ्नो कार्यलयको कर्मचारीमाथि हातापात भएको स्वीकार गर्दै पीडकले माफी मागेपछि घटना सल्टेको बताए ।
उपप्रमुख सुष्माका श्रीमान मंगलको चर्तिकला यतिमै सिमित छैन । उनले पशुसेवा शाखामा कार्यरत ठाकुरदयाल साहलाई पनि कुटपिट गरेका थिए ।

कार्यालयमै आएर हातपात गरेपनिपछि आपसी समझदारीमा कुरा मिलिसकेको साहले बताए ।

आफुले भनेको हुनुपर्ने तथा नियम भन्दा बाहिर गएर उप–प्रमुखले आफ्ना मान्छेलाई काम दिन दवाव दिने त्यसरी नमाने उप–प्रमुखका श्रीमान मंगलले कर्मचारी कुट्ने गरेको कर्मचारी बताउँछन् ।

मापसे सेवन गरी उपमेयर सुष्माका श्रीमान मंगलले कर्मचारीमाथी हातपात गरेको घटना दिनहुँ बढ्दै जानु र घटनालाई ढाकछोप गरिएको भन्दै नगरपालिकाका कर्मचारी यतिबेला असन्तुष्ट बनेकाछन् ।

कर्मचारीलाई आफु अनुकुल चलाउन खोज्ने सो नभए कर्मचारीलाई कुटपिट गर्ने भएपछि आत्तिएका कर्मचारीहरुले नगर प्रमुखलाई गुहारेका थिए । बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले कर्मचारी तथा मंगलसिंह थारुबीच सहमति गराई माफि माग्न लगाएर उक्त घटना साम्य पारिएकोछ ।