बर्दिया १९ साउन : बर्दियाको बाँसगढि नगरपालिकाका उप–प्रमुख सुष्मा चौधरीका श्रीमानले कर्मचारीमाथी हातपात गरेका छन् ।
नगर उप–प्रमुख सुष्माका श्रीमान मंगल सिंह थारुले मादक पदार्थ सेवन गरि डेउढाकला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थकर्मी महेश थारुलाई कुटपिट गरेका हुन् ।
बाँसगढी नगरपालिका अन्तर्गत रहेको डेउढाकला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थकर्मी महेशलाई मापसे सेवन गरी बाँसगढि नगरपालिकाका उप–प्रमुख सुष्मा चौधरीका श्रीमान मंगलसिंहले तथानाम गाली गर्दै हातपात गरेको पीडित स्वास्थ्यकर्मी महेशले सेतोखरीलाई बताए ।
शक्तिको आडमा विना कारण उप–प्रमुख सुष्माका श्रीमान मंगलले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै विवाद बढेपछि उपप्रमुख सुष्माले आपसी समझदारीमा विवाद मिलाएकी थिइन् ।
डेउढाकला स्वास्थ्य चौकीका इन्चार्ज हुमनाथ देवकोटाले आफ्नो कार्यलयको कर्मचारीमाथि हातापात भएको स्वीकार गर्दै पीडकले माफी मागेपछि घटना सल्टेको बताए ।
उपप्रमुख सुष्माका श्रीमान मंगलको चर्तिकला यतिमै सिमित छैन । उनले पशुसेवा शाखामा कार्यरत ठाकुरदयाल साहलाई पनि कुटपिट गरेका थिए ।
कार्यालयमै आएर हातपात गरेपनिपछि आपसी समझदारीमा कुरा मिलिसकेको साहले बताए ।
आफुले भनेको हुनुपर्ने तथा नियम भन्दा बाहिर गएर उप–प्रमुखले आफ्ना मान्छेलाई काम दिन दवाव दिने त्यसरी नमाने उप–प्रमुखका श्रीमान मंगलले कर्मचारी कुट्ने गरेको कर्मचारी बताउँछन् ।
मापसे सेवन गरी उपमेयर सुष्माका श्रीमान मंगलले कर्मचारीमाथी हातपात गरेको घटना दिनहुँ बढ्दै जानु र घटनालाई ढाकछोप गरिएको भन्दै नगरपालिकाका कर्मचारी यतिबेला असन्तुष्ट बनेकाछन् ।
कर्मचारीलाई आफु अनुकुल चलाउन खोज्ने सो नभए कर्मचारीलाई कुटपिट गर्ने भएपछि आत्तिएका कर्मचारीहरुले नगर प्रमुखलाई गुहारेका थिए । बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले कर्मचारी तथा मंगलसिंह थारुबीच सहमति गराई माफि माग्न लगाएर उक्त घटना साम्य पारिएकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?