डडेल्धुरा २१ साउनः डडेल्धुरा जिल्ला वन्यजन्तु चोरी शिकारी कम भएर वन्यजन्तुको संरक्षण भए पनि कृषि उत्पादन भने घट्दै गएको छ । नजिकैको संरक्षण क्षेत्रबाट आउने जङ्गली जनावरले खेतीपाती नष्ट गर्न थालेपछि किसान कृषि पेशाबाट विस्थापित हुँदै गएका हुन् ।
जिल्लाको अमरगढी नगरपालिका–१ र जिल्ला सदरमुकामका विभिन्न वडामा फैलिएको ऋषि खोला सामुदायिक वन संरक्षण भएसँगै वन्यजन्तुको सङ्ख्यामा पनि वृद्धि हुँदै गएपछि यस क्षेत्रका स्थानीय बासिन्दाले कृषिजन्य उत्पादनलाई छोड्दै गएका हुन् ।
जिल्लाको अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका तथा भागेश्वर गाउँपालिका किसानले खेतीपातीभन्दा पनि अन्य कााम गर्ने थालेको स्थानीयवासी दिलबहादुर ताम्राकारले बताए ।
‘खेतीपाती लगाएर के गर्नु, आफूले त्यसको उपभोग गर्न पाउँदैनौँ’, उनले भने । वन्यजन्तुले खेतबारीमा लाएको अन्न तथा तरकारी सबै नष्ट गर्न थालेपछि अहिले धेरै किसान कृषिखेतीबाट विस्थापित हुँदै गएको उनले बताए ।
पछिल्लो समय वन्यजन्तु संरक्षण हुँदै गएपछि बँदेललगायतका अन्य जनावरको बथानले बालीनाली सखाप पार्न थालेको अजयमेरु–१ का रमेश दमाईले बताए। जङ्गली जनावरले क्षति नहुने अवस्थाको अध्ययन र पहिचान गरी उक्त कृषि बाली लगाउने योजनामा अगाडि बढिरहेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । यस्तै वन्यजन्तुले खेतीपाती सखाप पार्ने थालेपछि तारबार लगाइएको अमरगढी–६ का वडाध्यक्ष गोविन्दराजन भट्टले बताए । -रासस
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ