बर्दिया २३ साउन : बर्दियाको बाँसगढी नगरपालिकामा नगर अस्पताल उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले नगर अस्पताल उद्घाटन गरे ।
बाँसगढी नगरपालिका र एसओएसद्वारा सञ्चालित नगर अस्पतालको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले नगरका नागरिकका लागी स्वास्थ्य सेवामा थप सेवा पुर्याउने उद्देश्यका साथ नगर अस्पताल निर्माण गरिएको बताए ।
उनले एसओएस अस्पतालको स्वामित्व नगरपालिकाले लिदैँ ५ शैयाको अस्पताल निर्माण हुने बताउँदै एसओएस अस्पताले सेवा प्रवाह गरिरहेको सेवालाई अझै विस्तार गर्दै विशेषज्ञ डाक्टर सहितको सेवा सर्वसुलभ तरिकाले लिनसक्ने बताए ।
कार्यक्रममा नगर उपप्रमुख सुष्मा चौधरीले आम नागरिकको स्वास्थ्यप्रति आफुहरु चिन्तित रहेको बताउँदै नगर अस्पताललाई थप विस्तार गदै लैजाने बताइन् ।
सो क्रममा कार्यक्रममा एसओएसले गरेको सेवा प्रवाहको विषयमा एसओएसका ल्याव टेक्नीसिएन दीपबहादुर थापाले जानकारी गराएका थिए ।
पुर्वगाविस अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले एसओएस अस्पतालले दिइरहेको सेवा र नगरपालिकाले त्यसलाई गर्न लागेको विस्तार नगरबासीका लागी स्वास्थ्यमा थप टेवा पुग्ने बताए ।
एसओएसले सञ्चालन गर्दै आइरहेको अस्पताल नगरपालिकालाई हस्तान्तरण गरेपछि त्यसलाई नगर अस्पतालको रुपमा विकास गर्न लागीएको हो ।
सहभागीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थीत गुणस्तरीय र सुर्वसुलभ सेवा अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्थानीय राजनितिक दल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटा, वडाअध्यक्ष, उद्योग बाणिज्य संघका अध्यक्ष सञ्चारकर्मी लगायतको सहभागीता रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कुलबहादुर विष्टले जानकारी दिए ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?