नेपालगन्ज २७ साउन : किसानले पाउने बीमा रकममा सरकारले २५ प्रतिशत कटौती गरेको भन्दै चार किसान संघले विरोध जनाएकाछन् । चार किसान संघले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।
अखिल नेपाल किसान महासंघ(अप्फा) का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका ईन्चार्ज कृष्ण रानाले बुधबार संयुक्तरुपमा विज्ञप्ती जारी गरेका हुन् ।
किसानले गरेको खेतीपाती र पशुपालनमा बिभिन्न रोग ब्याधी, प्राकृतिक प्रकोप आदिले हुने क्षतिमा बित्तीय सुरक्षा प्रदान गर्न र कृषि क्षेत्रमा थप लगानीका लागि प्रोत्साहन गर्न दिइँदै आएको ७५ प्रतिशत बीमामा नेपाल सरकारले कटौति गरी ५० प्रतिशतमा झारेकोमा चार किसान संगठनको गम्भीर ध्यानाकर्ष भएको विज्ञप्तीमा उल्लेखछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनेक कारणले कृषि क्षेत्र अनाकर्षक र उपक्षित भइरहेको र किसानको लागत पनि उठ्न नसक्ने स्थितिबाट गुज्रिरहेको बेला किसान बर्गलाई खेतीपाती र पशुपंक्षी पालनमा थप प्रोत्साहन र राहत दिने कदम चाल्नु पर्ने र चालिएका कदमलाई अझ उन्नत बनाउनु पर्ने बेलामा बीमा जस्ता कार्यक्रमले अलिकति भए पनि किसानलाई राहत हुने देखिएकोमा सरकारले यसरी हचुवा तरीकाले बीमाको रकम कटौति गरेको चार किसान संगठनले बिरोध जनाएका छन् ।
किसानले पाएको न्यूनतम ७५ प्रतिशतको बीमा सुबिधा कायम राख्न र यसलाई अझ बढाउँदै लैजान उनीहरुले विज्ञप्तीमार्फत जोडदार माग गरेकाछन् । उनीहरुले विज्ञप्तीमार्फत बीमा सुबिधा कटौतिको बिरुद्ध आवाज उठाउन र संघर्षशील हुन पनि आह्वान गरेकाछन् ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो