नेपालगन्जमा प्रदेशकै पहिलो मेकप स्टुडियो एण्ड एकेडेमी सञ्चालन


नेपालगन्जमा प्रदेशकै पहिलो मेकप स्टुडियो एण्ड एकेडेमी सञ्चालन

नेपालगन्ज ३० साउनः नेपालगन्जमा पहिलो पटक ‘आर्टिस्टि क्वई द मेकप स्टुडियो एण्ड एकेडेमी’ सञ्चालनमा आएको छ ।

मेकपलाई विशेष प्राथमिकता दिएर ब्यूटिसियन तालिम दिने उद्देश्यले नेपालगन्ज उपमहागरपालिका वडा नम्बर–२ न्यूरोडामा अरुणा चौधरीले मेकप स्टुडियो एण्ड एकेडेमी सञ्चालनमा ल्याएकी हुन् ।

शनिबार मेकप स्टुडियोको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपसचिव शोभा शाहले युवा पीढिले आफै अग्रसर भएर उद्यमशिलताको बाटो रोज्नु सकारात्मक भएको बताईन् ।

उद्यमशिलताले नै मानिसलाई सफलता प्राप्त हुन्छ उनले भनिन् –‘युवाहरुले आफ्नो क्षमता, दक्षता र सिपलाई प्रयोग गरेर उद्यमशिलताको पेशा अपनाउन सके बेरोजगारको समस्या केही हदसम्म कम गर्न सकिन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

२५ वर्षिया अरुणा चौधरीले मेकप आर्टिस्टमा मास्टर्स गरेर करिब २५ लाख लगानीमा मेकप स्टुडियो एण्ड एकेडेमी सञ्चालनमा ल्याएको बताईन् ।

उनले ब्युटिसियन र मेकप आर्टिस्टमा धेरै फरक रहेको बताईन् । ‘एउटा ब्यूटिसियन मेकप आर्टिस्ट होईन भने मेकप आर्टिस्ट ब्यूटिसियन होईन ।’

उनले भनिन्–यो बिलकुलै फरक छ, ‘अहिलेसम्म सबैको बुझाई ब्यूटिसियनलाई मेकप आर्ट पनि हो भन्ने छ तर, जब म यो फरक हो र यसमा आफ्नो करियर स्थापित गर्न सकिन्छ भन्ने बुझेर यहि विषयमा मास्टर्स गरेँ ।’

सम्भव त यो मेकप स्टुडियो लुम्बिनी प्रदेशमै पहिलो भएको उनले दावी गरिन् । मेकप स्टुडियो एण्ड एकेडेमीमा ४ वर्षे कोर्स बारे तालिम सञ्चालन गरिनुका साथै ब्यूटिसियन सम्बन्धि सबै सेवा उपलब्ध रहेको सञ्चालक अरुणाले जानकारी दिईन् ।

तालिमका लागि नेपालगन्जका धेरै टिन एजका यूवतीहरु र ब्यूटिसियनहरु सम्पर्कमा आएकाले अब आगामी भदौ ६ गतेबाट तालिम सञ्चालनको तयारी रहेको उनले बताईन् । बेसिक लेभलबाट सुरु गरिने तालिम मास्र्टसम्मको कोर्स सिकाईने उनको भनाई छ ।

तालिममा आउने सबैलाई मेकपका सामाग्री एकेडेमीले नै उपलब्ध गराउने उनले जानकारी दिईन् ।