रुकुम पूर्व ४ भदौ : रुकुम पूर्वमा विस्तारै सिँचाइ सुविधाको पहुँच बढ्दै जान थालेको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो सिँचाइ सुविधाबाट लाभान्वित भएका छन् ।
केही समयअघिसम्म जिल्लामा सिँचाइका आयोजना थिएनन् । जिल्लामा कूल क्षेत्रफलको २० हजार २६५ हेक्टर खेतीयोग्य छ । ती मध्ये आठ हजार हेक्टरमा सुविधा पुगेको छ । बाँकी खेतीयोग्य जमिनमा भने सिँचाइ सुविधा पुर्याउने प्रयास भइरहेको जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयका प्रमुख योगेन्द्र महतोले जानकारी दिए ।
कार्यालय र विभिन्न सङ्घसंस्थाका सहयोगमा जिल्लाको आठ हजार हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको उनले जानकारी दिए । एक सय ६२ हेक्टर क्षेत्रफलमा भने मर्मत गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०७५÷७६ बाट आव २०७८÷७९ सम्ममा ६८७ हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य राखेको छ ।
उनका अनुसार अहिलेसम्म जिल्लाको छिपखोला, इपीघारी, दादिङ, महत, कोर्जा, खाराबाङ र कोलमा सिँचाइको सुविधा पुर्याएको छ। कार्यालयबाट सञ्चालित आयोजनाबाट मात्रै जिल्लाका ८०० घरधुरी सिँचाइ सुविधाबाट लाभान्वित भएका छन् । अन्य सङ्घसंस्थाबाट सञ्चालित आयोजनाबाट लाभान्वित घरधुरीको विवरण भने नभएको उनको भनाइ छ ।
कार्यालयले भने ती ठाउँमा लिफ्ट, पोखरी बनाएर र नहर बनाएर सिँचाइको व्यवस्था गरेको छ । यस्तै, कार्यालयले कूल खेतीयोगय जमिनको १९ हजार १७५ हेक्टरमा सिँचाइको सुविधा पुर्याउने लक्ष्य राखेको छ । विस्तृत आयोजना प्रतिवेदन तयार गरेर क्रमागत बजेटमार्फत सिँचाइ सुविधाको व्यवस्था गरिने जनाइएको छ । -रासस
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो