नेपालगन्ज ४ भदौ : कोरोना भाइरस संक्रमणले आक्रान्त बनाइरहेका बेला नेपालगन्ज विमानस्थलले ३ करोड बढी बचत गर्न सफल भएकोछ ।
नेपालगन्ज विमानस्थलले आर्थिक वर्ष २०७७/७८ मा ३ करोड २ लाख बचत गर्न सफल भएको हो । देशभर रहेका ५४ मध्ये ४३ विमानस्थल घाटामा जाँदा नेपालगन्ज विमानस्थलले बचत गर्दै उदाहरणीय कार्य अघि सारेको छ ।
नेपालगन्ज विमान स्थलले ५ करोड ४७ लाख आम्दानी गरेकोमा कुल खर्च २ करोड ४५ लाख कटाएर ३ करोड २ लाख बचत गरेको हो ।
नेपालगन्ज विमानस्थलसँगै धनगढी, सुर्खेत, जुम्ला, सिमिकोट, रारा र बाजुरा विमानस्थलले पनि आर्थिक वर्ष २०७७÷०७८ मा आम्दानी गरेका छन् ।
विमान स्थलको तथ्यांक अनुसार धनगढी विमानस्थलले एक करोड ६४ लाख ७ हजार, सुर्खेत विमानस्थलले २ लाख ८५ हजार, जुम्ला विमानस्थलले ५ लाख १५ हजार बचत गरेको छ ।
यसैगरि सिमकोट विमानस्थलले २३ लाख ९८ हजार बचत गरेको छ । बाजुरा विमानस्थलले ६ लाख ८८ हजार बचत गर्दा रारा विमानस्थलले २७ लाख ४८ हजार बचत गर्न सफल भएको छ ।
डोल्पा, साँफेबगर र डोटी विमानस्थल भने घाटामा गएका छन् । डोल्पा विमानस्थल १३ लाख ८९ हजार, सांफेबगर विमानस्थल ४ लाख ९१ हजार ७ सय र डोटी विमानस्थल २ लाख ३१ हजार घाटामा गएका छन् ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो