नेपालगन्ज ६ भदौ : बाँकेको खजुरामा पहिलो मार्ट खुलेको छ । ५० लाख बढी लागतमा सञ्चालनमा आएको खजुरा मार्टको शनिबार घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष पूर्णबहादुर भण्डारी र लायन्स क्लव अफ खजुराका अध्यक्ष विज्ञान कक्षपतिले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरे ।
खजुरा मार्टमा दैनिक उपभोग्य र घरायसी प्रयोगका सामान सुपथ मूल्यमा उपलब्ध गराइने सञ्चालकहरुले जानकारी दिएका छन् ।
लक्ष्मी गौतम, राजु पौडेल, विष्णु पौडेल, अरुण सुवेदी संचालक रहेको उक्त मार्टले खजुरा क्षेत्रका ग्राहकको सुविधालाई मध्येनजर गर्दै खजुरामा पहिलो मार्ट सञ्चालनमा ल्याएको जनाएका छन् ।
एकै ठाउँमा धेरै किसिमका बस्तुहरुको उपलब्ध गराउनुका साथै उपभोक्तालाई सुपथ मूल्यमा बस्तुको आफ्नै ठाउँमा उपलब्ध गराएर सुविधा प्रदान गर्ने उद्देश्यका साथ मार्ट सञ्चालनमा ल्याइएको संचालक राजु पौडेलले जानकारी दिए ।
खजुरा क्षेत्रका साथै छिमेकी जिल्ला बर्दियाका उपभोक्ताहरुलाई मार्टले लक्षित गरेको छ । मार्ट उद्घाटनपछि संक्षिप्त प्रतिक्रिया दिँदै खजुरा उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका विज्ञान कक्षपतिले मार्टले खजुरा क्षेत्रका उपभोक्ताहरुको माग र चाहना परिपूर्ति गर्नुका साथै खजुराको व्यापार व्यवसायमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो