नेपालगन्ज भित्रियो जावा मोटरसाईकल


नेपालगन्ज भित्रियो जावा मोटरसाईकल

नेपालगन्ज ७ भदौ : विश्व बजारमा क्लासिक लेजेन्डसको रुपमा लिईने जावा कम्पनीका मोटरसाइकल नेपालगन्ज बजारमा प्रवेश गरेको छ । जावा मोटरसाईकल नेपालगन्ज भित्रिएसंगै अग्नि मोटोइंक प्रालिले जावा मोटरसाइकलको बिक्री समेत शुरु गरेको छ ।

सोमबार नेपालगन्जमा एक कार्यक्रमकाबीच अग्निी मोटोइंक प्रालिका महाप्रबन्धक शरद मिश्र र गायक सुशान्त केसीले सामुहिकरुपमा शोरुमको उद्घाटन गरे । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगन्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको हो ।

अग्निी मोटोइंक प्रालिका महाप्रबन्धक मिश्रले जावा मोटरसाइकल दैनिक सवारी प्रयोगका साथसाथै लामोदुरीको यात्रामा भरपर्दो रहेको बताए । उनले भने–‘यसको स्पेयर्स पार्टस् सहजै उपलब्ध हुने र त्यो अग्नि मोटोइंक प्रालिमै ग्राहकलाई उपलब्ध गराइनेछ ।’

यो नयाँ आउटलेटको उद्घाटनसँगै, अग्नि मोटोइंकले नेपालगन्जमा जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा शुलभ पहुँच प्रदान गर्दछ र ‘जावा लाईफ’ को अनुभव गर्ने मौका प्रदान गर्दछ । अग्नि मोटोइंक प्रालिका महाप्रबन्धक मिश्रले शोरूम उद्घाटनका क्रममा बोल्दै ‘हाम्रा सबै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पु¥याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरूम स्थापना गरिएको हो ।’

Kanti Aarogya Hospital Nepalgunj

कम्पनीका अनुसार मोटरसाईकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाईकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगन्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’को लागि पहुँच प्राप्त गर्न सक्नेछन् ।

जावा यसअघि नै नेपालमा निकै कम समयमा लोकप्रिय भइसकेको छ र मोटरसाईकल प्रेमीहरूका बीच एक राम्रो विकल्प बन्न पुगेको छ । यो नेपाली बजारमा अग्नि मोटोइंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा उपलब्ध भइसकेको छ ।

नेपालगन्जमा जावा शोरूमको नयाँ उद्घाटनसँगै, कम्पनीले देशमा क्लासिक मोटरसाइकल वर्ग (सेगमेन्ट)लाई पुनः परिभाषित गरिदिएको छ, जुन वास्तविक क्लासिक स्टाइलका साथ छ, जसले आधुनिक रेट्रो मोटरसाइकलहरूलाई आधुनिक प्रविधिसँग ‘प्याक’ गरिएको छ ।

जावा एक प्रामाणिक र प्रतिष्ठित ब्राण्ड भएकोले यसले निश्चित रूपमा मोटरसाईकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्दछ र उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा नेपालगञ्जमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

जावा मोटरसाइकलको बारेमा

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्राण्ड हो, जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग ईन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो ।

यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दोहोरो विशेषताहरू – यसको सुन्दर डिजाइन र बलियो प्रदर्शनले यसले प्रयोगकर्ताहरूका मन जित्नमात्र सहयोग नगरी विश्वका थुपै विश्व उपाधि पनि जितेको छ ।

यस्तो छ मूल्य
जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजर ५ सय रुपैयाँ तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यसैगरि कम्पनीले जावा फोर्टी टु भरियन्ट पनि बजारमा ल्याएको छ । जावा–फोर्टीटु सिंगल च्यानल एबीएस र जावा–फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमसः ६ लाख २० हजार र ६ लाख ४८ हजार रुपैयाँ रहेको छ । नेपालमा जावा ब्ल्याक, मरुन र ग्रे गरि तीन रंगका भेरिएन्टमा उपलब्ध हुनेछन् ।

यसैगरी जावा फोर्टी टुल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु गरि ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ ।

मूल जावाको सदावहार रुचाइने शैली र प्रतिष्ठित चरित्र सहित नयाँ जावामा पुनर्जन्म भएको छ । विगतको प्रमाणिकता र पहिचान– उत्तम, सुरुचिपूर्ण, परिस्कृत र विशिष्टतालाई समटने, विरासत खोज्नेहरूका लागि यसको समायोजन गरिएको छ । जावा आफ्नो रुप र कार्यमा पुरानो विश्वकोे चरित्र र आधुनिक प्रर्दशनसहित सर्वोत्कृष्ठ छ ।

यसैगरि जावा फोर्टी टुक्लासिक छ, जसले सीमा र प्रयोगहरूलाई छिचोल्दछ । आफ्नो डिजाइनमा विचित्रता र गैरपरम्परागत लक्षणहरूसहित फोर्टी टु, एक– छायायुक्त, मांसपेशीयुक्त, स्पोर्टी क्लासिकको स्वीकारयुक्त संस्करण हो ।

कम्पनीका अनुसार नयाँ जावा २९३ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर, डीओएचसी इन्जिनसहित सर्वोत्तम इटालियन इन्जिनियरिङसँगको सहकार्यबाट निर्मित छ । यसमा २७ बीएचपी र २८ एनएम टर्कका साथ मध्यम रेन्जमा र निरन्तर शक्तिशाली सवारी सञ्चालनमा फ्ल्याट टर्क कर्भ रहेको छ ।

यस्तै नयाँ जावामा युनिक साउण्ड रहेको छ । नयाँ जावा र जावा फोर्टी टुले पौराणिक कथालाई जावाको मूल चरित्रलाई नगुमाईकनै अर्को अध्यायमा पु¥याउने दावी पनि कम्पनीले गरेको छ ।

जावाले ९० वर्षभन्दा अधिकको विरासतलाई जोड्छ र यो आधुनिक इन्जिनियरिङसँग आउने हरेक कुराबाट बनेको छ । मोटरसाइकलमा भएको विश्मयकारी रुप, जुन दैनिक सवारी प्रयोगका साथसाथै विगतका समयमा झै सहज र रमाइलो सवारीका लागि पर्याप्त रुपमा भरपर्दो रहेको दावी पनि कम्पनीले गरेको छ ।