कैलाश दर्शनका लागि सद्गुरु नेपालगन्ज हुदै हुम्ला पुगे


कैलाश दर्शनका लागि सद्गुरु नेपालगन्ज हुदै हुम्ला पुगे

नेपालगन्ज १० भदौ : कैलाश दर्शनका लागि हिन्दु धर्मका चर्चित सद्गुरु हुम्ला पुगेकाछन् । चर्चित सद्गुरु नेपालगन्ज हुँदै हुम्ला पुगेका हुन् । सद्गुरु बुधबार हवाईजहाजमा काठमाडौँबाट नेपालगन्ज आएका थिए । नेपालगन्जबाट हुम्ला पुगेका उनी बिहीबार हुम्लाको पसमकोटदेखि लाप्चा पुगेकाछन् । नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल यात्रामा मानसरोवरतर्फ उनले यात्रा सुरु गरिसकेकाछन् ।

मानसरोवर कैलाशको दर्शन गर्नका लागि सद्गुरुले नेपालगन्ज रुट रोजेका हुन् । उनले नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल मार्गबाट मानसरोवर दर्शन गर्ने भएका हुन् । खराब मौसमका कारण हेलिकोप्टरले उडान भर्न नसक्दा एक दिन ढिलो गरी सद्गुरु हुम्ला पुगेका हुम्ला निवासी विष्णु रावतले जानकारी दिए । सद्गुरुसँग अरु दुई जना सहयोगीहरु पनि यात्रामा सहभागी छन् ।

सिमकोट विमानस्थलमा ओर्लिएपछि सद्गुरुले सिमकोटलाई निक्कै सुन्दर ठाउँ भएको बताएका रावतले जानकारी दिए । विमानस्थलबाट सद्गुरुलाई मोटर साइकलको व्यवस्था गरिएको भए पनि उनी आफैले पैदल मार्गबाट बास बस्ने स्थान सिमसार क्षेत्रको खेल मैदानसम्म हिँडेर पुगेका रावतले बताए ।

मङ्गलवार काठमाडौँ विमानस्थलमा सद्गुरु बेलुका अबेरसम्म बस्नु परेपनि हेलिकप्टरले उडान भर्न नसक्ने भएपछि उतै रोकिनुपरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

यसअघि ५५ जना कुक, गाइड र ४६ जना विभिन्न देशका पर्यटहरु गुरुसँग जाने कार्यक्रमसहित सिमकोट आइसकेका छन् । सद्गुरुको स्वागतका लागि हुम्लामा स्थानीय एवं पर्यटहरु पर्खेर बसेका थिए । त्यही बिचमा उनी नआउने हल्ला भएपछि निराशा छाएको थियो ।

मौसमका कारण अब सद्गुरुको मानसरोवर कैलाशको यात्रा एक दिनपछि धकेलिएको छ । सद्गुरुसँग मानसरोवर जाने सबै टोली स्थानीय खेल मैदानमा पालको व्यवस्था गरी बसेका थिए ।

हिन्दूहरूका चर्चित सदगुरु आउने र पैदल मार्गबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शनका साथै पूजापाठ पनि गर्ने भएका कारण यसको सकरात्मक सन्देश जाने विश्वास हुम्लाका पर्यटन तथा होटल व्यवसायीले गरेका छन् ।

सदगुरुसहितको टोली हुम्लाबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल मार्गमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न आउने भएपछि यसअघि १०७ जना काठमाडौँबाट हेलिकोप्टरमार्फत सिधै सिमकोट आइपुगेका छन् ।

टोलीको यात्राका लागि मोटरसाइकलदेखि घोडाको समेत व्यवस्था गरिएको छ । सद्गुरुले प्रयोग गर्ने मोटरसाइकलसमेत मङ्गलबार सिमकोट पुगिसकेकोछ । उक्त मोटरसाइकल हवाईजहाजमार्फत सिमकोट पुर्याइएको हो ।

दुई वर्ष अगाडिसम्म सिमकोटमा पर्यटक लक्षित गरेर स्थापना भएका १३ वटा होटललाई मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको सम्झँदै होटल सङ्घका अध्यक्ष मिम लामाले कोरोनाको अवधिमा सुस्ताएका यी होटल अब पुनः पर्यटकको आगमन सुरु भएसँगै उत्साहित भएको बताए ।