काठमाडौं १२ भदौ : नेपालले मध्यपूर्वी एसियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ ।
दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) डाक्टर धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच छलफल भएको हो ।
मलेसियन राजदूतावासमा शुक्रबार भएको भेटमा दुवै देशले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने सकिने कुरामा जोड दिइएको छ । भेटका क्रममा दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।
बोर्डका सीईओ रेग्मीले कोभिड–१९ महामारीले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा डिजिटल मार्केटिङमा जोड दिँदै बीटुबीका माध्यमबाट दुवै देशको पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राखे । उनले नेपालका विभिन्न क्षेत्रमा पूर्णखोप कार्यक्रम सम्पन्न भएकाले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताए ।
उनले मलेसियमामा नेपालको प्रवद्र्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा मलेसियाको प्रवर्द्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमबीच सहकार्य गर्न सकिने पनि बताए ।
भेटका क्रममा मलेसियन राजदूतावासका फस्ट सेक्रेटरी अबु हसनले नेपाल र मलेसियाबीच विभिन्न कोणले सुमधुर सम्बन्ध रहेको बताउँदै कोभिडकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई सञ्चालन गर्न सकिने विषयमा आफूहरुले पनि छलफल गरिरहेको बताए । उनले मलेसिया नेपालीको श्रम गन्तव्य मात्र नभएर पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहकार्यबाट दुवै देशको पर्यटन विकास गर्ने सन्दर्भमा आफूले प्रयास गर्ने धारणा राखे ।
बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालले मलेसियामा आयोजना हुने विभिन्न मार्टमा सहभागिता जनाउँदै आएको बताउँदै कोभिडका बीच पनि स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई चलायमान बनाउन सकिने बताए ।
बोर्डले कोभिडकै बीचमा पनि नेपालको पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर विभिन्न देशका राजदूतसँग निरन्तर भेटघाट तथा छलफल गरिरहको छ । बोर्डले यसअघि कतार, थाइल्याण्ड र श्रीलंकाका राजदूतसँग छलफल गरेको थियो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही