नेपालगन्ज १५ भदौ : कृषिप्रधान देशका रुपमा परिभाषित गरिएको नेपालमा वर्षेनी अर्बौ रुपैयाँको खाद्यान्न आयात हुने गरेकोछ ।
कृषिमा प्रचुर सम्भावन रहदाँरहदै राज्यको गैरजिम्मेवारी ब्यवहारका कारण अर्बौं रुपैयाँको खाद्यान्न आयात हुने गरेको हो । यसले वर्षेनी नेपाली रकम बाहिरिदै गएको छ भने नेपालमा बाँझो जमिन पनि बढ्दै गएकोछ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष नेपालमा ५० अर्ब ४ करोड रुपैयाँको चामल मात्रै भित्रिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा भित्रिएको चामल अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढी हो । वर्षेनी चामलका लागि बाहिरिने रकम बढ्दै गएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ३३ अर्ब ३५ करोडको चामल भित्रिएको थियो भने आर्थिक वर्ष २०७५/७६ मा ३२ अर्ब २१ करोड रुपैयाँको चामल आएको थियो । रकमका आधारमा कृषिप्रधान देश नेपालमा सबैभन्दा बढी आयात हुने बस्तुहरुमध्ये चामल छैटौं स्थानमा पर्छ ।
यसरी कृषि प्रधान देशमा चामलका लागि मात्रै अर्बौं रकम बाहिरिएको छ । भने अन्य खाद्यान्न, कृषिसम्बन्धी सामाग्री, औजार, मलबीउबिजन आयात गर्नका लागि पनि अर्बौं रकम बाहिरिने गरेको हो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही