जलेश्वर(महोत्तरी) १७ भदौः नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २०३ बोरा मटर बरामद गरको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा भण्डारण गरी राखेको अवस्थामा मटर (केराउ) बरामद गरिएको हो ।
एउटा बोराभित्र २५ किलोका दरले प्याक गरिएको पाँच टन ७५ किलोग्राम मटर जिल्ला प्रहरी कार्यालयबाट खटी गएको विशेष टोलीले नियन्त्रणमा लिएको हो । बरामद मटर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवाडामा बुझाइएको छ ।
त्यसैगरी, प्रहरीले गए राति जलेश्वर–३ बाट तीन बोरा मटर र दुई बोरा सुर्तीसमेत बरामद गरेको छ । -रासस
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग