चाडपर्व लक्षित टिभिएसले ल्यायो यस्ता अफर


चाडपर्व लक्षित टिभिएसले ल्यायो यस्ता अफर

नेपालगन्ज १७ भदौ : चाडपर्व लक्षित गरि टिभिएसले ग्राहकका लागि अफर योजना ल्याएकोछ ।

टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा ६ पटकसम्म उपहार जित्न मिल्ने योजना ल्याएको हो । बुधबारदेखि सुरु भएको यो योजना चाडपर्वहरुको समापनपछि समाप्त हुनेछ । योजना देशभरीका सम्पूर्ण टिभिएस शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म आकर्षक पुरस्कार प्रदान गर्ने कम्पनीले जनाएको छ । टिभिएस कप्मनीका कुनै पनि मोटरसाईकल तथा स्कुटरको खरिद गर्दा १० लाखसम्मको नगद हात पार्न सक्ने कम्पनीले जनाएको छ ।

दैनिक रियलमी सी२० स्मार्ट फोन पनि ग्राहकका लागि उपहार स्वरुप योजना अन्तर्गत राखिएको छ । यसैगरि यस योजनाले ग्राहकलाई हरेक हप्ता शतप्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टिभिएस अपाचे आरआरु ३१० पाउने कम्पनीले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

जगदम्बा मोटर्स प्रालिले नेपालमा टिभिएस टू–ह्वीलर्सको वितरकका रुपमा काम गर्छ । नेपालभर १३२ भन्दा बढी डिलरहरु रहेको कम्पनीले जनाएको छ ।