सांकेतिक तस्विर
नेपालगन्ज १७ भदौ : बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले क्यासिनो खोल्न पाइने बताएकाछन् । योसंगै कोरोना भाइरस संक्रमणका कारण बन्द भएको बाँकेका क्यासिनो सञ्चालनमा आउने भएकाछन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले ‘स्मार्ट लकडाउन’को अवधारणा अवलम्बन गर्दै बाँकेका क्यासिनो, सिनेमा घर विद्यालय खोल्न अनुमति दिएपछि क्यासिनो र सिनेमा घर सञ्चालनमा ल्याउन लागिएकोछ ।
सेतोखरीसंग कुरा गर्दै बाँकेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने–‘बाँकेमा विद्यालय बाहेक क्यासिनो, सिनेमा घर सबै खोल्न अनुमति दिइएकोछ । तर, स्वास्थ्य सम्बन्धिको पोर्टकल पूर्णरुपमा पालना गर्नुपर्ने हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार पछिल्लो समय बाँकेमा कोरोना संक्रमणको दर क्रमशः घट्दै गएको भएपनि संक्रमणको जोखिम यथावत रहेकाले विद्यालय, कलेज बाहेक बाँकेका सबै क्षेत्र सञ्चालनमा ल्याउन अनुमति दिइएको हो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही