क्यासिनो खोल्न पाइन्छ : बाँके सिडिओ


क्यासिनो खोल्न पाइन्छ : बाँके सिडिओ

सांकेतिक तस्विर

नेपालगन्ज १७ भदौ : बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले क्यासिनो खोल्न पाइने बताएकाछन् । योसंगै कोरोना भाइरस संक्रमणका कारण बन्द भएको बाँकेका क्यासिनो सञ्चालनमा आउने भएकाछन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले ‘स्मार्ट लकडाउन’को अवधारणा अवलम्बन गर्दै बाँकेका क्यासिनो, सिनेमा घर विद्यालय खोल्न अनुमति दिएपछि क्यासिनो र सिनेमा घर सञ्चालनमा ल्याउन लागिएकोछ ।
सेतोखरीसंग कुरा गर्दै बाँकेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने–‘बाँकेमा विद्यालय बाहेक क्यासिनो, सिनेमा घर सबै खोल्न अनुमति दिइएकोछ । तर, स्वास्थ्य सम्बन्धिको पोर्टकल पूर्णरुपमा पालना गर्नुपर्ने हुन्छ ।’

Kids Festival 2022
kanti aarogya hospital

प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार पछिल्लो समय बाँकेमा कोरोना संक्रमणको दर क्रमशः घट्दै गएको भएपनि संक्रमणको जोखिम यथावत रहेकाले विद्यालय, कलेज बाहेक बाँकेका सबै क्षेत्र सञ्चालनमा ल्याउन अनुमति दिइएको हो ।