बरामद सुनको भेरिफाई हुदैँछ : बाँके एसपी अधिकारी
नेपालगन्ज १८ भदौ : बाँके प्रहरीले ४ केजी सुनसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । नेपालगन्ज एयरपोर्टबाट सुनसहित ती दुई पुरुषलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार श्री एयरमार्फत काठमाडौँबाट नेपालगन्ज आएका दुई जना यात्रुको साथबाट ४ किलो सुन बरामद भएकोछ ।
काठमाण्डौंबाट नेपालगन्ज आएका मोरङ जिल्लाका बुद्धिमान खाती र झापा जिल्लाका आमिर लगुमा विश्वकर्माका साथबाट ४ किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले सेतोखरीलाई जानकारी दिए ।
पक्राउ परेका खाती र विश्वकर्माले आफूहरुले लगाएको जुत्तामा उक्त सुन लुकाएर ल्याएका थिए । काठमाण्डौंबाट नेपालगन्ज ठूलो परिमाणमा सुन लगिदै गरेको खबर पाएको प्रहरीले चेकजाँच गर्दा सुन बरामद भएको हो ।
बाँके प्रहरीका अनुसार बरामद भएको सुनमा ६ वटा सुनको बिस्कुट र एउटा तिलहरी रहेकोछ । प्रहरी नियन्त्रणमा रहेका खाती र विश्वकर्माले उक्त सुन आफ्नो रहेको र सुन खरिदको बील समेत देखाएपछि घटनाको वास्तविकतामाथि अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
उनले भने–‘उनीहरुबाट सुनको बील समेत प्राप्त भएकोछ । बीलको भेरिफाई गरिरहेकाछौं । यसको वैधानिकताप्रति जाँच कार्य अघि बढेकोछ ।’ उनले अगाडी थपे–‘सुन तस्करी भएको हो वा बैधानिकरुपमा ल्याइएको हो त्यो अनुसन्धानबाट खुल्छ ।’
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?