कोरोना कहरमा व्यवसायीलाई करको भार, बाँकेका ९६ उद्योग बन्द


कोरोना कहरमा व्यवसायीलाई करको भार, बाँकेका ९६ उद्योग बन्द

File Photo

नेपालगन्ज २० भदौ : करको भार थेग्न नसकेपछि उद्योग व्यवसायको क्षेत्रमा आउन चाहनेहरु निरुत्साहित भएको उद्योगी व्यवसायीहरुको भनाई छ ।

नयाँ व्यवसाय दर्ता गर्दा विभिन्न प्रक्रिया अपनाउनुपर्ने र ठाँउ–ठाँउ शुल्क बुझाउनु पर्ने भएकाले नयाँ व्यवसायीहरुका लागि यो क्षेत्रमा आउन चुनौती रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले बताइन् ।

उनले भनिन्–‘नयाँ उद्योग दर्ता गर्दा सरकारलाई, घरभाडा, घरबहाल, वडा सिफारिस, घरेलु कार्यालयमा र स्थानीय तहमा गएर दर्ता गराउँदै सबै जोडेर करीब ३५ हजार खर्च लाग्छ । एउटा सामान्य नागरिकले उद्योग शुरु नगर्दै यति धेरै पैसा बुझाउनुपर्छ ।’

कोरोनाका कारण थलिएका उद्योगी व्यवसायीहरुका लागि सहुलियतको व्यवस्था गरिनुपर्ने उनको भनाई छ । कोरोनाका कारण लाखौँका घाटा व्यहोरेको व्यवसायीहरुले दुुखोसो पोखे ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्जका उद्योगी व्यवसायीका समस्याबारे जानकारी लिन र सहजीकरण गर्नका लागि उपमहानगरपालिकाले एक जना महिला उद्यमी सहजकर्ताको व्यवस्था गरेको महिला तथा बालबालिका कार्यालय नेपालगन्जकी महिला अधिकृत मञ्जु पाण्डेले बताइन् ।

मन्त्रालयको निर्देशनअनुसार, गतवर्ष सहजकर्ताको व्यवस्था गरिएको उनको भनाई छ । यसका साथै केहि उद्यमी, व्यवसायीहरुको व्यवसाय अनुगमन गरिएको र केहि नीति परीवर्तन गर्न आवश्यक रहेको उनले बताइन् ।

बाँकेमा मात्रै ८ हजार साना तथा घरेलु उद्योग रहेका छन् । सबैभन्दा बढि उद्योग, व्यवसाय नेपालगन्ज उपमहानगरपालिका र जानकी गाँउपालिकामा रहेकाछन् । सरकारले प्रोत्साहन नदिँदा व्यवसायीहरुले पेशा परीवर्तन गर्न थालेका छन् ।

घरेलु कार्यालय नेपालगन्जका अनुसार, गत आर्थिक वर्ष २०७६÷०७७ मा बाँकेका ९६ वटा उद्योग बन्द भएका छन् ।