एम्बुलेन्स खरिदमा सरकारले ल्यायो निर्देशिका, कुन वर्गले छुट पाउँछ ?


सेतोखरी सेतोखरी   मंगलबार, भदौ २२, २०७८
एम्बुलेन्स खरिदमा सरकारले ल्यायो निर्देशिका, कुन वर्गले छुट पाउँछ ?

नेपालगन्ज २२ भदौ : सरकारले एम्बुलेन्स खरिद सम्बन्धि नयाँ निर्देशिका ल्याएकोछ । सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ल्याएको हो ।

प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री शेरबहादुर देउवाले उक्त निर्देशिका कार्यन्वयनका लागि स्वीकृती भदौ १८ गते दिइसकेका छन् । तर, नयाँ निर्देशिका सरकारबाट स्वीकृत भएसँगै एकीकृत एम्बुलेन्स तथा पुर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ खारेज भएको छ ।

सरकारले जारी गरेको नयाँ राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ र ‘ख’ कुन वर्गको खरिद वा प्राप्ति गर्ने हो सो स्पष्ट उल्लेख गरि निवेदन दिनुपर्ने हुन्छ ।

यसअघि एम्बुलेन्स ‘क’, ‘ख’ र ‘ग’ गरी तीन वर्गका थिए । सरकारले नयाँ ल्याएको निर्देशिकामा ‘क’ र ‘ख’ वर्गको मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने र ‘ग’ वर्गका एम्बुलेन्सहरुले अब नविकरण गरेर ‘ख’ वर्गमा आउनुपर्ने व्यवस्था गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच, अब ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्स खरिद गर्दा मात्र राजस्व छुट पाइने छ । सबै एम्बुलेन्सहरु अनिवार्य रुपमा फेर व्हील ड्राइभ, पावर स्टेरिंग, सस्पेन्स चेन सिस्टम हुनुपर्ने व्यवस्था गरेको छ ।
एम्बुलेन्स सेवा सञ्चालन गर्न जनस्वास्थ्य सेवा ऐन र नियमावालीको प्रावधान अनुसार स्वास्थ्य संस्थाले सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिएको हुनुपर्ने, हरेक एम्बुलेन्समा जीपिएस अनिवार्य जडान हुनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा छ । सरकारले ल्याएको राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ एम्बुलेन्स सञ्चालन, खरिद लगायतका कार्यलाई व्यवस्थित गर्ने बताइएकोछ ।