दशैंका लागि खसी–बोका किन्दै सरकार, असोज १ गतेदेखि सहुलियत बजार सञ्चालन गर्ने


दशैंका लागि खसी–बोका किन्दै सरकार, असोज १ गतेदेखि सहुलियत बजार सञ्चालन गर्ने

नेपालगन्ज २२ भदौ : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि तीन हजार खसीबोका र च्याङग्रा ल्याउने भएको छ ।

कम्पनीले गत वर्षकै हाराहारीमा खसीबोका ल्याउने भएको हो । कम्पनीले गत वर्ष ३ हजार खसीबोका र १४ सय च्याङ्ग्रा ल्याएको थियो । यो वर्ष पनि सोही संख्या बराबरको खसीबोका र च्याङ्ग्रा ल्याउने भएको हो ।

खसीबोका तथा च्याङ्ग्रा ल्याउनका लागि ६ करोड छुट्याउने तयारी गरिएकोछ । कम्पनीले हरेक वर्ष बजार मूल्य निर्धारण गर्नका लागि चाडपर्वको समयमा सहुलियत बजार सञ्चालन गर्दै आएका छन् । त्यसैले कम्पनीले हरेक वर्ष कृषकमार्फत् खसीबोका र च्याङ्ग्रा खरिद गरी उपत्यकाबासीलाई आपूर्ति गर्दै आएका छन् । गत वर्ष पनि कम्पनीले १४ सय च्याङ्ग्रा ल्याएको थियो ।

यसैबीच कम्पनीले असोज १ गतेबाट सहुलियत बजार सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले दशैं, तिहार र छठ चाडपर्व नजिकिँदै गर्दा आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै चाडपर्वमा अत्यावश्यक उपभोग्य बस्तु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि सुपथ मूल्य आगामी असोज १ गतेबाट छठपछिको एक हप्तासम्म सञ्चालन गर्ने भएको हो ।