दशैं तिहार अभियान : एलजीद्वारा पाँच करोड बढीको उपहार


दशैं तिहार अभियान : एलजीद्वारा पाँच करोड बढीको उपहार

नेपालगन्ज २४ भदौ : नेपालको सबै भन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दशैं तिहार–२०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, ‘हार्दिक बधाई तपाईलाई, यस चाडबाडमा विशेष सबैलाई’ जारी गरेको छ । यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा पाँच करोड भन्दा बढीको उपहारहरु प्रदान गरिएको ।

यस योजना अन्तर्गत एलजीका लागी नेपालको अधिकृत वितरक सिजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरु र होम इन्टरटेन्मेन्ट्का सामान खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ ।

नर्मल र स्मार्ट एलइडी टिभी, साउण्ड बार खरिदमा ग्राहकहरुले जेनियुन अट्रयाक्टिभ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

क्यासेट एण्ड स्प्लिट एसी र फ्लोर स्ट्याण्डिङ्ग एसीको खरिदमा ग्राहकहरुले रु ४ हजारको निःशूल्क स्थापना सेवा पाउँनेछन् । एयर प्युरिफायरको खरिदमा रु २ हजार ९६० को केन्ट ह्याण्ड ब्लेण्डर प्राप्त गर्नेछन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस अफरमा ग्राहकहरुले साइड बाइ साइड फ्रेन्च डोर रेफ्ररिजेरेटरकोे खरिदमा रु १२ हजार ९० रुपैयाँको सिजी ओइल फिल्ड हिटर, डबल डोर रेफ्ररिजेरेटरकोे खरिदमा रु २ हजार ९६० मूल्यको केन्ट ह्याण्ड ब्लेण्डर र सिंगल डोर रेफ्ररिजेरेटरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।

त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा रु २ हजार ८ सय मूल्यको निःशूल्क खाना पकाउने किट, डिस वासरको खरिदमा डिस वासर ट्याबलेट र भ्याकुम क्लिनरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।

वासिङ मशिन फ्रन्ट लोड (९ केजी माथी वासर ड्रायर)को खरिदमा रु २ हजार ६५० मूल्यको निःशुल्क सीजि हालोगेन हिटर, वासिङ मशिन फ्रन्ट लोड (८ केजी सम्म)को खरिदमा रु ६ केजीको एरियल म्याजिक डिटरजेन्ट र वासिङ मशिन टप लोडको खरिदमा निःशुल्क ड्राइ आयन प्राप्त गर्न सक्नेछन् । यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।