नेपालगन्ज २४ भदौ : अब देशभर स्थानीय तहको भुक्तानी विद्युतीय माध्यमबाट हुने भएकोछ । नेपालका ७५३ वटै स्थानीय तहको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने प्रणाली बिहीबारबाट कार्यान्वयनमा आएको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)मार्फत विद्युतीय कोष हस्तान्तरण गर्न सकिने प्रणाली ७५३ वटै स्थानीय तहमा कार्यान्वयनमा आएको हो । महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार यो प्रणालीको शुभारम्भ गरे ।
अब सबै स्थानीय तहको भुक्तानी विद्युतीय माध्यमबाट वास्तविक समयमा हुनेछ । यसले भुक्तानी र लेखाङ्कन रियल टाइममा गर्न सक्छ ।
छिटो, छरितो, भरपर्दो र विश्वनीय लेखाङ्कन र प्रतिवेदनका लागि सूत्रको महत्वपूर्ण योगदान रहने बताइएकोछ । यस प्रकारको प्रणालीले स्थानीय तहमा पारदर्शीता कायम गर्न सहयोग गर्नेछ । सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने छ ।
चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो छरितो समेत हुने छ । यसले प्रक्रियागत झन्झट कम गरि कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिने आँकलन गरिएकोछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही