एमसीसी बिरुद्ध गुलरियामा ‘मसाल जुलुुस’


एमसीसी बिरुद्ध गुलरियामा ‘मसाल जुलुुस’

बर्दिया २७ भदौ : अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विरोधमा बर्दियामा प्रदर्शन भएको छ । नेकपा क्रान्तिकारी माओबादी बर्दियाको अगुवाईमा गुलरिया बजारमा मसाल जुलुस निकालेको हो ।

कार्यक्रममा बोल्दै बाँके–बर्दिया इन्र्चाज अर्जुन शाहीले एमसीसी देशको लागी घातक भएकाले यसको विरोधका लागि हरेक देशभक्त एकजुट हुनुपर्ने बताए ।

उनले एमसीसीबाट देश खोक्रो हुने भन्दै कुनै पनि हालतमा यो नेपालको हितमा नभएको ठोकुवा गरे । ठुला दलका नेताहरुले देशमा विदेशी सेनालाई परेड खेल्ने स्थान बनाउन लागेको समेत उनको आरोप छ ।

यसैगरी जिल्ला सचिव विपिन रोकायले ठूला केही राजनीतिक दलहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागी देशलाई धरापमा राख्ने काम गरेको भन्दै एमसीसी नेपाललाई आवश्यक नभएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले भने–‘यदि एमसीसि पास भयो र यो नेपालमा लागु भयो भने यसको हरेक राजनितिक दल हिसाब चुकाउनुपर्छ । कुनैपनि अवस्थामा यसलाई फिर्ता पठाउनु पर्ने उनले जोड दिए ।

देशभक्त गणतान्त्रिक मोर्चाका जिल्ला सचिव सुरेश आचार्यले देशको मुहार परिवर्तनका लागी एमसीसी जस्तो राष्ट्रघाती योजनालाई बिफल पार्न ढिला गर्ननहुने बताए । उनले भने –‘अब पनि हामीमा होस्, चेतना आएन भने, हामी एकजुट भएनौं भने नेपाल र नेपालीको अस्तित्व सिद्धिनेछ ।’

नेकपा क्रान्तिकारी माओबादी बर्दियाको अगुवाईमा एमसीसि विरुद्ध निकालिएको मसाल जुलुसले गुलरिया बजार परिक्रमा गर्दै राधा कृष्ण चोकमा विरोध सभामा परिणत भएको थियो ।