भारतबाट ल्याइएको ४ वटा अबैध राँगा प्रहरी नियन्त्रणमा


भारतबाट ल्याइएको ४ वटा अबैध राँगा प्रहरी नियन्त्रणमा

नेपालगन्ज १ असोज : भारतबाट अबैधरुपमा नेपाल भित्र्याईएको रागाँ प्रहरीले नियन्त्रणमा लिएकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट अबैधरुपमा राँगा ल्याइरहेको भन्ने सूचना पाएलगत्तै खटेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, कोरियनपुर नजिक बेवारिसे अवस्थामा रहेको ४ वटा जिउँदो राँगा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अन्दाजी ८० हजार मूल्यका ती राँगा कसको हो भन्ने अझै खुलिनसकेको र घटनाको अनुसन्धान गर्दै आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको जनाएकोछ ।

चाडबाड नजिकिएसंगै अबैध सामान ओसारपसार पनि बढ्दोछ । बाँके प्रहरीले चाडबाड लक्षित सुरक्षा योजना केही दिनमा सार्वजनिक गर्ने भन्दै नियमित सुरक्षा जाँचलाई कडा बनाएको बताएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital