नेपाली इन्टरनेट सेवाको गुणस्तर कमजोर, उपभोक्तालाई चर्को मूल्य

गुणस्तर कमजोर भएबापत सेवा प्रदायकहरुले कुनै कारबाही भोग्नु परेको छैन


नेपाली इन्टरनेट सेवाको गुणस्तर कमजोर, उपभोक्तालाई चर्को मूल्य

नेपालगन्ज २ असोज : विश्वभर इन्टरनेटको गति बढ्दै र मूल्य घट्दै जाँदा नेपालमा त्यसअनुसार नभएको अन्तर्राष्ट्रिय स्तरबाट भएको अध्ययनले देखाएको छ ।

‘केबल डा सीओ डट यूके’को अध्ययनअनुसार इन्टरेनेटको मूल्यका हिसावले नेपाल विश्व बरियतामा १८ औं स्थानमा छ । अध्ययनअनुसार औसत ९८३ रुपैयाँ २७ पैसामा नेपालीहरुले ब्रोडब्याण्डको प्याकेज मासिक प्याकेज पाइरहेका छन् । यो नेपालीको प्रतिव्यक्ति आयको तुलनामा उच्च मूल्य हो ।

विश्वमा सबैभन्दा सस्तो इन्टरनेट प्याकेज काजगस्तानमा उपलब्ध छ । मोबाइल डाटा मूल्यको बरियतामा नेपाल २४ औं स्थानमा छ । नेपालमा एक जीबी डाटामा उपभोक्ताले अधिकतम् ३०८ रुपैयाँ खर्च गर्छन् ।

तथ्य/तथ्यांकअनुसार तारसहितको इन्टरनेट सेवामा प्रतिस्पर्धा बढे पनि मूल्य घटेको छैन । मोबाइल डेटा सेवा धेरै महँगो छ । इन्टरनेटको अन्तर्राष्ट्रिय ब्यान्डविथको मूल्य सस्तिंदै गए पनि नेपालमा त्यसअनुसार मूल्य घटेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital
add

सरकारले चर्को कर उठाइरहेका बेला पोल प्रयोग गरेबापत विद्युत प्राधिकरणले लिने शुल्क बढाउने निर्णय गरेकाले इन्टरनेट सेवा प्रदायकको खर्च बढेको बोहराको तर्क छ । तर, नेपालमा मूल्य बढेअनुसार इन्टरनेको सेवामा सुधार आउन सकेको छैन । ‘केबल डा सीओ डट यूके’को विश्वव्यापी ‘ब्रोडब्याण्ड स्पीड लिग’मा नेपालको स्थान खस्किँदै गएको छ ।

सन् २०२०मा १५०औं स्थानमा रहेको नेपाल सन् २०२१ मा २२४ देशमध्ये १६३औं स्थानमा पुगेको छ । सन् २०१९मा १२८ औं र २०१८ मा नेपाल १४४ औं स्थानमा थियो । गत वर्षसम्म ५.२२ एमबीपीएस रहेको औसत इन्टरनेट स्पिड ६.८४ एमबीपीएस भएको छ । विश्वको सबैभन्दा बढी स्पिडमा इन्टरनेट चल्ने मुलुक जर्सी हो, जहाँ २७४.२७ एमबीपीएको डाउनलोड स्पिड छ । छिमेकी देश भारतको विश्वको इन्टरनेट स्पिडको बरियातामा ८०औं स्थानमा छ । भारतमा २०.५३ एमबीपीएसको डाउनलोड स्पिड छ ।

२०७५ असोजमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षणले मोबाइलमा डाटाको गुाण्स्तर पनि कमजोर रहेको देखाएको थियो । प्राधिकरणले परीक्षण गर्दा इन्टरनेट पिंग हुन टेलिकममा १४० मिलिसेकेन्ड लाग्यो भने एनसेलमा १५० र स्मार्टमा १८० मिलिसेकेण्ड । त्यस्तै, वेबपेज लोड हुन एनसेलमा ७.३६ सेकेण्ड, टेलिकममा १६.८९ सेकेण्ड र स्मार्टमा २०.७९ सेकेन्ड लाग्ने परिक्षणमा देखिएको थियो ।

वेबपेज फाइल डाउनलोड र अपलोड हुने सफलताको दर पनि निकै कमजोर छ । तर, गुणस्तर कमजोर भएबापत सेवा प्रदायकहरुले कुनै कारबाही भोग्नु परेको छैन । जबकि, विना कारण ग्राहकको ब्यालेन्स काटिनेदेखि भएको ब्यालेन्स नदेखाउनेसम्मका समस्या छ ।

प्याक खरीद गर्न खोज्दा एकैपटक नहुने र खरिद नै नगरेको सेवामा ब्यालेन्स कटौती गर्ने, स्वतः सेवा नवीकरण हुने जस्ता प्राविधिक प्रपञ्च गरेर सोझा ग्राहक ठग्ने काम सेवा प्रदायकहरुबाट हुँदै आएको छ ।