३४ उद्योगी व्यवसायी सम्मानित हुदाँ बाँकेका कोही परेनन्


३४ उद्योगी व्यवसायी सम्मानित हुदाँ बाँकेका कोही परेनन्

File Photo

नेपालगन्ज ३ असोज : सातौं संविधान दिवसका अवसरमा सरकारले ३४ जना उद्योगी–व्यवसायीलाई विभिन्न मानपदवीबाट सम्मानित गरेको छ ।

सातौँ संविधान दिवसको अवसर पारेर उद्योगी, व्यवसायी, बैंकर, बिमकलाई अलंकार एवं पदकबाट सम्मान गरेको हो । तर, यसरी सम्मानित हुनेमा बाँकेबाट कुनै पनि उद्योगी, व्यवसायी, बैंकर र बिमकले पाएनन् ।

यी हुन् सम्मानित हुने ३४ उद्योगी व्यवसायी

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं व्यवसायी डाक्टर उपेन्द्र महतो सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित भएका छन् । यस्तै, सोही पदकबाट व्यवसायी देवीप्रकाश भट्टचन, सुरेन्द्रवीर मालाकार सम्मानित भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

सुप्रबल जनसेवाश्री पदक पाउने उद्योगी–व्यवसायीहरुमा धु्रवकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, राजेन्द्रकुमार खेतान, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, शिवरतन शारदा, साहिल अग्रवाल छन् ।

यसैगरी, प्रबल जनसेवाश्रीबाट निर्माण व्यवसायी रमेश शर्मा, मोतिलाल दुगड, सञ्जयकुमार खेतान, विष्णुप्रसाद न्यौपाने, पर्यटन व्यवसायी राजु ढकाल, गोकुल भण्डारी, अर्जुनमान सैजू, गोविन्द गोइन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, बैंकर उपेन्द्रप्रसाद पौडेल र रविना देशराज जोशी एवं बिमक सुनीलबल्लभ पन्त र दीपप्रकाश पाण्डे सम्मानित भएका छन् ।

सोही पदकबाट अम्बिकाप्रसाद पौडेल, चिन्तामणि न्यौपाने, हुमनाथ कोइराला, सौरभ दुगड, देवकिशन मून्दडा सम्मानित भएका छन् ।

जनसेवाश्री पाउने व्यवसायीहरुमा राधेश्याम हलुवाई, आइडिया स्टुडियो, प्रेमकण्ठ श्रेष्ठ, सागर थापा, कृषि व्यवसायी अम्मरबहादुर बानियाँ, कमलकिशोर मालपानी, यादव सिंह कार्की, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, चुन्नप्रसाद पौडेल र नरिश्वर शर्मा रहेका छन् ।