दशैं आयो ! नयाँ नोट लिनुभयो ?


दशैं आयो ! नयाँ नोट लिनुभयो ?

File Photo

नेपालगन्ज ४ असोज :दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट सटही थालेका छन् । नयाँ नोट खुलेसँगै बैंकहरूमा पैसा साट्नेको भीड लागेको छ ।

दशैँमा नयाँ नोटको विशेष महत्व मानिन्छ । नयाँ नोट साट्नका लागि बैंकहरूमा सर्वसाधारण भीड बढेकोछ ।

केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

राष्ट्र बैंकले १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।

साना र ठूला दरका गरी प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म उपलब्ध गराइने छ । संस्थागत प्रयोजनका लागि भने २ देखि ५ करोडसम्म उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । कोभिड– १९ को संक्रमणको जोखिमका कारण गत वर्ष दशैंमा नयाँ नोट वितरण गरिएन ।