नेपालगन्ज ५ असोज : भारतको सवैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आप्mनो महत्वपुर्ण शोरुम नेपालगंजस्थित सिप्रदीको आधिकारिक डिलर रुद्रप्रिया ईन्टरनेश्नल प्रालिको उदघाटन गरिएको छ ।
टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ्ग प्रालिले आफनो महत्वपुर्ण ग्राहकहरुको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको नेपालगञ्जमा उद्घाटन गरिएको हो । टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रालिको प्रतिबद्घता अनुुसार आफनो सजांल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुुविधा केन्द्रको रुपमा खोलिएको छ ।

सामाजिक दुरीको खयाल गर्दै विशेष कार्यक्रम मार्फत प्रमुख अतिथिका रुपमा टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलिया थिए । विशेष अतिथिका रुपमा बाकेका प्रमुख जिल्ला अधिकारी शिव राम गेलाल, नेपालगंज उपमहानग।पालिकाका मेयर डा. धवल शमशेर राना, नेपालगन्ज वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद अन्सारी, एसपी श्याम कृष्ण अधिकारी, आन्तरिक राजस्व विभागका प्रमुख अधिकारी शरद पौडेल, नेपालगंज यातायात कार्यालयका प्रमुख अधिकारी पूर्ण खत्रीका साथै सिप्रदी र रुद्र प्रिया ईन्टरनेश्नल प्रालिका कर्मचारीहरुको उपस्थिति थियो ।

‘उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ’– देवप्रियाका प्रबनध निर्देशक माधव शर्माले बताए ।
शर्माले अगाडी थपे हालै मात्र दशैं तिहार लक्षित नयाँ गाडीहरु खरिद गर्दा विभिन्न उपहार योजनामा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही