नेपालगन्ज ५ असोज : बर्दिया, मधुवन नगरपालिका–६ का अमृत चौधरीले फोर्टनाइट बम्परको रुपमा सुजुकी इन्ट्रयुडर मोटरसाइकल जितेका छन् । नेपालगन्जस्थित नेपाल ट्रेड च्यानलबाट सुजुकी जिक्सर १५० डीडी मोटरसाइकल किनेका चौधरीले मोटरसाइकलको मूल्यभन्दा बढी बम्पर उपहार पाएका हुन् ।
उनले जिक्सर डीडी मोटरसाइकल २ लाख ८३ हजार ९ सय रुपैयाँमा किनेका थिए भने अब पाउने सुजुकी इन्ट्रयुडरको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ । नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले फेसबुक लाइभमार्फत सार्वजनिक गरेको उक्त बम्परमा चौधरीले सो मोटरसाइकल जितेका हुन् ।
भीजी अटोमोबाइल्सले हाल चाडपर्वको अवसरमा ‘दशै आयो उमंग छायो क्यासब्याक र बम्पर पायो’ नामक अफर ल्याएको छ ।
यस अन्तर्गतका सुजुकीका कुनै पनि बाइक र स्कुटर किन्दा १० हजार रुपैयाँ स्योर सट डिस्काउन्ट पाइने छ । त्यसैगरी १ वर्षसम्म सडक दस्तुर छुट पाइने छ भने फोर्टनाइट बम्पर अन्तर्गत प्रत्येक १५ दिनमा एक जना विजेतालाई सुजुकी इन्ट्रयुडर बाइक उपहारको रुपमा प्रदान गरिने छ ।
फोर्टनाइट बम्परको विजेता हरेक दोस्रो हप्ता भीजी सुजुकी नेपालको अफिसियल फेसबुक पेजमार्फत लाइभ छनोट गरिने बताइएको छ ।
यसरी सुजुकी इन्ट्रयुडर मोटरसाइकल प्राप्त गर्ने चौधरी पहिलो ग्राहक हुन् । आगामी दिनमा अन्य ग्राहकले समेत यो मोटरसाइकल प्राप्त गर्ने भीजी अटोमोबाइल्सले जनाएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी