नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको नयाँ नेतृत्वका लागि रस्साकस्सी


नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको नयाँ नेतृत्वका लागि रस्साकस्सी

तस्विर : निशु जोशी /सेतोखरी

नेपालगन्ज ९ असोज : नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको बाँके जिल्लाको नयाँ नेतृत्व चयन गर्नका लागि रस्साकस्सी देखिएको छ ।

नेकपा माओवादीको भातृसंगठनका रुपमा रहेको यस संगठनको तेश्रो जिल्ला अधिबेशन आज नेपालगन्जमा जारी छ । अधिबेशनबाट नयाँ नेतृत्व चयन गर्न लागिएको अध्यक्ष वसन्त लामिछानेले जानकारी दिए । सर्वसम्मत रुपमा जिल्ला समिति चयन गर्ने भनिएपनि व्यापारीहरु विभिन्न गुट–उपगुट बनाएर लागेका छन् ।

अध्यक्षका लागि लुम्बिनी गार्मेन्टका सञ्चालक टंक धामी र होटेल ग्यालेक्सी दरबारका सञ्चालक तेजबहादुर रेग्मीबीच प्रतिष्प्रधा देखिएको व्यवसायीहरुले बताएका छन् ।

अधिबेशनको उद्घाटन शत्रमा बोल्दै कृषि भूमि तथा प्राकृतिक श्रोत समिति संयोजक लुम्बिनी प्रलदेशकी सांसद पूर्णा सुवेदीले नयाँ आउने नेतृत्वले व्यवसायीको हितमा काम गर्ने भएकाले गुट–उपगुट भन्दापनि मिलेर जान सुझाव दिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

लुम्बिनी प्रदेशसभा सदस्य बाँके क्षेत्र नम्बर–१ का सांसद महेश्वर गहतराज अथकले पनि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न सुझाव दिए ।

‘तपाईहरु नेताको पछाडि नलाग्नुहोस् । नेताहरु त मिलिहाल्छन् । तपाई किन आफ्नो साथीबीच दूरी बनाउनुहुन्छ’ उनले भने । पदमा रहेर काम गर्नुपर्ने भएकाले पदका लागि मात्र नेतृवमा नरहन उनको सुझाव छ ।

आज साँझसम्म नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको संगठनको अहिले बन्दशत्र चलिरहेको छ । संगठनले बाँकेका ८ वटै पालिकामा संगठनको विस्तार गरिसकेको छ । केहिदिन अघिमात्र संगठनले नेपालगन्ज उपमहानगरको अध्यक्षमा नेपालगन्जकी व्यवसायी कस्मिरा खातुनलाई चुनेको थियो ।