तस्विर : निशु जोशी /सेतोखरी
नेपालगन्ज ९ असोज : नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको बाँके जिल्लाको नयाँ नेतृत्व चयन गर्नका लागि रस्साकस्सी देखिएको छ ।
नेकपा माओवादीको भातृसंगठनका रुपमा रहेको यस संगठनको तेश्रो जिल्ला अधिबेशन आज नेपालगन्जमा जारी छ । अधिबेशनबाट नयाँ नेतृत्व चयन गर्न लागिएको अध्यक्ष वसन्त लामिछानेले जानकारी दिए । सर्वसम्मत रुपमा जिल्ला समिति चयन गर्ने भनिएपनि व्यापारीहरु विभिन्न गुट–उपगुट बनाएर लागेका छन् ।
अध्यक्षका लागि लुम्बिनी गार्मेन्टका सञ्चालक टंक धामी र होटेल ग्यालेक्सी दरबारका सञ्चालक तेजबहादुर रेग्मीबीच प्रतिष्प्रधा देखिएको व्यवसायीहरुले बताएका छन् ।
अधिबेशनको उद्घाटन शत्रमा बोल्दै कृषि भूमि तथा प्राकृतिक श्रोत समिति संयोजक लुम्बिनी प्रलदेशकी सांसद पूर्णा सुवेदीले नयाँ आउने नेतृत्वले व्यवसायीको हितमा काम गर्ने भएकाले गुट–उपगुट भन्दापनि मिलेर जान सुझाव दिइन् ।
लुम्बिनी प्रदेशसभा सदस्य बाँके क्षेत्र नम्बर–१ का सांसद महेश्वर गहतराज अथकले पनि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न सुझाव दिए ।
‘तपाईहरु नेताको पछाडि नलाग्नुहोस् । नेताहरु त मिलिहाल्छन् । तपाई किन आफ्नो साथीबीच दूरी बनाउनुहुन्छ’ उनले भने । पदमा रहेर काम गर्नुपर्ने भएकाले पदका लागि मात्र नेतृवमा नरहन उनको सुझाव छ ।
आज साँझसम्म नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको संगठनको अहिले बन्दशत्र चलिरहेको छ । संगठनले बाँकेका ८ वटै पालिकामा संगठनको विस्तार गरिसकेको छ । केहिदिन अघिमात्र संगठनले नेपालगन्ज उपमहानगरको अध्यक्षमा नेपालगन्जकी व्यवसायी कस्मिरा खातुनलाई चुनेको थियो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही